आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौं, भदौ १७ । आज २०८२ भदौ १७ गते मंगलबार, तद्अनुसार २ सेप्टेम्बर २०२५ । आज भदौ शुक्ल दशमी, प्रीति तैतल मूल, सूर्योदय बिहानः ०५ः४३ बजे, सूर्यास्त साँझः १८ः२३ बजे ।

आजको राशिफल

मेष
सामान्य प्रयासमै कार्य सिद्ध हुनेछ । लाभको अवसर हात लाग्ने छ । रोजगारीमा वृद्धि हुनेछ । मित्रहरूलाई सहयोग गर्न सक्नु हुनेछ । सामाजिक प्रतिष्ठा बढ्ने छ । व्यापार लाभदायक रहने छ । सेयर बजारमा सोचविचार गरेर लगानी गर्नु होला ।
शुभ रंगः हरियो, शुभ अंकः २

वृष राशि
दुष्ट व्यक्तिहरूप्रति सचेत रहनु होला, हानि पुर्‍याउन सक्छन् । जीवनसाथीको स्वास्थ्यको चिन्ता रहने छ । जोखिम उठाउने साहस हुनेछ । आम्दानी भैरहने छ । दाजुभाइको सहयोग पाइने छ । लगानी लाभदायक हुनेछ । विवेक प्रयोग गर्दा लाभ हुनेछ ।
शुभ रंगः सेतो, शुभ अंकः २

मिथुन राशि
हतारमा कुनै पनि लेनदेन नगर्नु होला । स्वास्थ्यप्रति ध्यान दिनु होला । व्यावसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभ मिल्न सक्छ । व्यापारमा वृद्धि हुने योग छ । खुशीको वातावरण रहने छ ।
शुभ रंगः सुन्तला, शुभ अंकः १

कर्कट राशि
भाग्यको साथ पाइने छ । बहुमूल्य वस्तुहरू सुरक्षित राख्नु होला । जीवनसाथीको स्वास्थ्यमा खर्च बढ्ने छ । बोलीमा हल्का शब्द प्रयोग नगर्नु होला । अपरिचित व्यक्तिमाथि अन्धविश्वास नगर्नु होला । समय प्रतिकूल छ ।
शुभ रंगः नीलो, शुभ अंकः ६

सिंह राशि
शत्रुहरू शान्त रहनेछन् । धन लाभको अवसर मिल्ने छ । व्यावसायिक यात्रा लाभदायक हुनेछ । साथीहरुबाट सहयोग पाइने छ । नयाँ कार्य प्रारम्भ गर्ने योजना बन्ने छ । व्यापारमा वृद्धि हुने योग छ । लगानी शुभ रहने छ । जागिरमा अधिकारीहरू प्रसन्न रहने छन् । भाग्यको साथ पाइने छ ।
शुभ रंगः आकाशे, शुभ अंकः २

कन्या राशि
सन्तान पक्षको स्वास्थ्य तथा अध्ययनसम्बन्धी चिन्ता रहने छ । नयाँ योजना बन्ने छ, तत्काल लाभ नहुन सक्छ । कार्यशैलीमा परिवर्तन गर्नुपर्ने हुन सक्छ । व्यापार लाभदायक हुनेछ । जागिरमा प्रभाव बढ्ने छ । सेयर बजारबाट लाभ हुनेछ ।
शुभ रंगः गुलावी, शुभ अंकः ५

तुला राशि
थकान र कमजोरी महसुस हुन सक्छ । स्वास्थ्यप्रति ध्यान दिनु होला । धर्म कर्ममा रुचि रहने छ । धार्मिक अनुष्ठानमा भाग लिने अवसर प्राप्त हुनेछ । कानुनी अवरोध हटेर स्थिति अनुकूल बन्ने छ । लाभको अवसर हात लाग्ने छ । सुखका साधनहरू प्राप्त हुन सक्छन् । धनप्राप्ति सजिलो हुनेछ ।
शुभ रंगः हरियो, शुभ अंकः ४

वृश्चिक राशि
कानुनी काममा अनुकूलता आउने छ । प्रेमसम्बन्धमा हतार नगर्नु होला, विवाद हुन सक्छ । सवारीसाधन अथवा मेसिन प्रयोग गर्दा लापरवाही नगर्नु होला । विवादलाई नबढाउनु होला । आत्म सम्मानमा ठेस पुग्न सक्छ ।
शुभ रंगः केशरी, शुभ अंकः ९

धनु राशि
हल्का हाँसो मजाक गर्नबाट बच्नु होला । विरोधी सक्रिय रहने छन् । धनहानि कुनै न कुनै तरिकाले हुन सक्छ । जीवनसाथीको सहयोग पाइने छ । कानुनी अवरोध हटेर लाभको स्थिति बन्ने छ । खुशीको वातावरण रहने छ । लाभ बढ्ने छ ।
शुभ रंगः क्रीम, शुभ अंकः २

मकर राशि
स्वास्थ्यप्रति ध्यान दिनु होला । चिन्ता तथा तनाव रहने छ । सुखका साधनमा खर्च बढ्ने छ । स्थायी सम्पत्तिमा वृद्धि हुने योग छ । सम्पत्ति सम्बन्धी कामले ठूलो लाभ दिन सक्छ । रोजगारी प्राप्तिको प्रयास सफल हुनेछ ।
शुभ रंगः रातो, शुभ अंकः ३

कुम्भ
आँखालाई रोग अथवा चोटबाट बचाउनु होला । लेनदेनमा हतार नगर्नु होला । मनोरञ्जनात्मक यात्रा आयोजना हुन सक्छ । कुनै उत्सव अथवा खुशीको कार्यक्रममा सहभागी हुने अवसर पाइने छ । मनपर्ने खानाको आनन्द पाइने छ ।
शुभ रंगः केशरी, शुभ अंकः ६

मीन राशि
आज भाग्यको साथ पाइने छ । व्यवसाय राम्रोसँग चल्ने छ । जोखिमपूर्ण कार्य नगर्नु होला । बोलीमा नियन्त्रण राख्नु होला । अरूको काममा हस्तक्षेप नगर्नु होला ।
शुभ रंगः बदामी, शुभ अंकः ५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 September 2025
Website | + posts