दू्रत डाँक सेवा सञ्चालन गर्न हुलाक सेवा विभाग, नेपाल बैंकर्स एसोसिएशन र बाणिज्य बैंकका प्रतिनिधिहरुबीच सहमति

दू्रत डाँक सेवा सञ्चालन गर्न हुलाक सेवा विभाग, नेपाल बैंकर्स एसोसिएशन र बाणिज्य बैंकका प्रतिनिधिहरुबीच सहमति : Icon Khabar

काठमाडौं, फागुन ५ । दू्रत डाँक सेवा सञ्चालनका लागि हुलाक सेवा विभाग र नेपाल बैंकर्स एसोसिएशन तथा बाणिज्य बैंकका प्रतिनिधिहरुबीच सहमति भएको छ ।

बुधबार हुलाक सेवा विभागको सभाहलमा सम्पन्न छलफल कार्यक्रममा विभाग र छलफलमा सहभागीहरुबीच यस्तो सहमति भएको हो ।
विभागका महानिर्देशक इन्दु घिमिरे हुलाकसेवालाई समय अनुकुल परिमार्जन तथा परिस्कृत आफुहरु तयार रहेको बताएका थिए ।

सोही उदेश्य अनुसार बैकर्स एसोसिएसन तथा बाणिज्य बैंकहरु संग पहिलो चरणको छलफल गरिएको र यसलाई निरन्तर दिने समेत उनको भनाइ छ । छलफल कार्यक्रम निकै उपलब्धि मुलुक रहेको र चारवाट निर्णयहरु समेत गरेको विभागका निर्देशक तथा सूचना अधिकारी ध्रुब राज आचार्यले जानकारी दिएका छन् ।

छलफलमा पेश गरिएको द्रूत डाँक सेवा सम्बन्धि कार्यपत्रमाथि हुलाक सेवा विभाग र नेपाल बैकर्स एसोसिएसन तथा बाणिज्यबैकका प्रतिनिधिले आ–आफ्नो धारणा राखेका थिए ।

काठमाडौं उपत्यकामा बाणिज्य बैकहरुका सेवाहरुलाई घरघरमा पु¥याउनका लागि हुलाक सेवा विभाग गोश्वारा हुलाक कार्यलय र बाणिज्य बैंकका प्राविधिक टोलीबीच छलफल गरी सम्झौता र कार्यान्वयनको प्रक्रिया अघि बढाउने सहमति पनि छलफलमा जुटाइएको छ ।

हुलाक सेवाका विधमान सेवा सुविधा , दररेट र समयको सम्बन्धमा देखिएका जटिलता समाधान गर्न नेपाल बैंकर्स संघ र बाणिज्य बैकहरुले लिखित रुपामा प्रस्ताव तथा सुझाव पठाउने र ती प्रस्ताव तथा सुझावमाथि विस्तृत छलफल गरी निकासका लागि पहल पनि हुलाक सेवा विभागले गर्ने सहमति छलफलमा भएको थियो ।

हुलाक सेवा विभाग, गोश्वारा हुलाक कार्यालय र बाणिज्य बैकका पदाधिकारीहरुबीच हुलाक सेवाको सेवा प्रवाहको सम्बन्धमा थप छलफल गर्ने र यसका लागि नेपाल बैकर्स सघले समन्वय र सहजीकरण गर्ने बारेमा पनि सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 February 2023
Website | + posts