भक्तपुर, भदौ १ । साइक्ल कनक्ट भक्तपुर र मोन्ताना प्लान्ट स्टुडियो बीच एक औपचारिक सम्झौता सम्पन्न भएको छ। यस सम्झौताबाट दुवै पक्षले दीगो विकास, वातावरणमैत्री अभ्यास र स्थानीय समुदायलाई लाभ पुग्ने कार्यक्रमहरूलाई संयुक्त रूपमा अघि बढाउने प्रतिबद्धता गरेका छन्।
गत शुक्रबार मोन्ताना प्लान्ट स्टुडियो, खरिपाटीमा नव-गठित साइकल कनेक्ट भक्तपुरको पदाधिकारीहरूलाई बधाइ ज्ञापन कार्यक्रम सँगै समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो। उक्त समझदारी पत्रमा साइकल कनेक्टको तर्फबाट अध्यक्ष रियाज कर्माचार्य तथा मोन्तानाको तर्फबाट सञ्चालक मतिना त्वानाबासुले हस्ताक्षर गरेका थिए।
सम्झौता अनुसार, साइक्ल कनक्ट भक्तपुरले आफ्नो विभिन्न कार्यक्रम, तालिम र अभियानहरूमा मोन्टाना प्लान्ट स्टुडियोसँग सहकार्य गरी यस जैविक व्यवसायको प्रवर्धनमा सहयोग गर्नेछ भने मोन्ताना प्लान्ट स्टुडियोले साइकल कनेक्ट भक्तपुरका सदस्यहरू तथा गतिविधिहरूमा वित्तीय तथा प्रविधिक सहयोग तथा सहुलियत प्रदान गर्नेछ।
कार्यक्रममा बोल्दै साइकल कनेक्ट भक्तपुरका संस्थापक अध्यक्ष सुमित बालाले यस सहकार्यले साइकल कनेक्ट भक्तपुरको “पैदल तथा पेडल मैत्री शहर” अवधारणामा टेवा पुराउने विश्वास व्यक्त गरे।
प्लान्ट स्टुडियोका सञ्चालक मतिना त्वानाबासुले आफ्नो पुर्ख्यौली कृषि पेशामा व्यवसायिक रूपान्तरण सहित नयाँ पुस्तालाई देशमा नै बसेर नविन विचार र नवप्रवर्तन सहित काम गर्दा सफल हुने उदाहरण तथा प्रेरणा दिन उदेश्य सहित मोन्ताना प्लान्ट स्टुडियो स्थापना गरेको तथा साइकल कनेक्ट भक्तपुरका जोशिलो युवाहरञ सँग सहकार्य गर्न पाउँदा हर्षित भएको बताए।
साइक्ल कनक्ट भक्तपुरका अध्यक्ष रियाज कर्मचार्यले थपे, “ हामीले विगत चार वर्ष देखि समुदाय तथा स्थानिय व्यवसायीहरू सँग सहकार्य र सहयोगमा विभिन्न कार्यक्रम गर्दै उहाँहरूको विश्वास जित्न सफल भएका छौ। यसलाई थप व्यवस्थित बनाउन औपचारिक सहकार्यको शुरूवाट मोन्टानाबाट गर्न पाउँदा निक्कै उत्साहित छौ। साइकल कनेक्ट भक्तपुरका सदस्यहरूले थप सहुलियत र सुविधाहरू प्रदान गर्दै साइकल संस्कृति योजनाबद्ध तथा चरणबद्ध रूपमा स्थापित गर्न सबै सगँ सहकार्य गर्दै हामी अगाडी बढ्नेछौं।”
कार्यक्रममा साइकल कनेक्ट भक्तपुरमा पदाधिकारीहरू, सदस्यहरू तथा मोन्ताना प्लान्ट स्टुडियोका सञ्चालक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
Published Date: 17 August 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1