Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क

Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क : Icon Khabar

भक्तपुर, भदौ १ । भक्तपुरको सूर्यविनायकमा अवस्थित आर्गस एजुकेशनमा आजबाट ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरू भएको छ। विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि सुवर्ण अवसर स्वरूप ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ आज भदौ १ देखि ३ गतेसम्म भक्तपुरमा सुरू भएको हो।

यस मेलामा अष्ट्रेलिया र न्यूजिल्यान्डका प्रतिष्ठित विश्वविद्यालयहरुको अध्ययन कार्यक्रम, छात्रवृत्ति, भर्ना प्रक्रिया र कलेजबारे विस्तृत जानकारी निशुल्क रूपमा लिन सकिनेछ।

मेलामा सहभागी हुनेहरूले विभिन्न विषय र तहका शैक्षिक कार्यक्रमबारे जानकारीका साथै आफ्नो क्षमता र चासोअनुसार उपयुक्त विश्वविद्यालय छनोट गर्न सहयोग पाउनेछन्। त्यस्तै, विशेषज्ञ परामर्शदाताले आवश्यक कागजात तयारीदेखि भिसा प्रक्रियासम्म पूर्ण सहयोग गर्नेछन्।

कार्यक्रममा छात्रवृत्ति अवसरहरूको जानकारी दिइनेछ भने अष्ट्रेलिया र न्यूजिल्यान्डको भिसा प्रक्रियाबारे स्पष्ट मार्गनिर्देशन पनि प्रदान गरिनेछ। यसका साथै, अध्ययनको क्रममा र अध्ययनपछि उपलब्ध हुने रोजगारी अवसरबारे समेत छलफल हुनेछ।

यस एक्सपोमा सहभागी हुँदा विद्यार्थीहरुलाई IELTS र PTE कक्षाहरु निशुल्क उपलब्ध हुने कम्पनीले जनाएको छ।

शिक्षामा गुणस्तरीय परामर्शका लागि परिचित आर्गस एजुकेशनले लामो समयदेखि नेपाली विद्यार्थीलाई विश्वस्तरीय शिक्षा प्राप्त गर्न मार्गदर्शन गर्दै आएको छ। ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ को बारे विस्तृत विवरण आर्गस एजुकेशन भक्तपुर सूर्यविनायक मार्फत प्राप्त गर्न सकिनेछ वा आर्गस एजुकेशन भक्तपुरको फेसबुक पेज वा टेलिफोन नं ०१-५९२४०१४, ९७०५१५०७४१, ९७०५१५०७४२ मार्फत पनि प्राप्त गर्न सकिनेछ।

उक्त एक्स्पो कम्पनीको कार्यालय सूर्यविनायक भक्तपुरमै बिहान १० बजेदेखि ५ बजेसम्म हुने जनाएको छ।

Published Date: 17 August 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर