भक्तपुर, भदौ १ । भक्तपुरको सूर्यविनायकमा अवस्थित आर्गस एजुकेशनमा आजबाट ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरू भएको छ। विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि सुवर्ण अवसर स्वरूप ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ आज भदौ १ देखि ३ गतेसम्म भक्तपुरमा सुरू भएको हो।
यस मेलामा अष्ट्रेलिया र न्यूजिल्यान्डका प्रतिष्ठित विश्वविद्यालयहरुको अध्ययन कार्यक्रम, छात्रवृत्ति, भर्ना प्रक्रिया र कलेजबारे विस्तृत जानकारी निशुल्क रूपमा लिन सकिनेछ।
मेलामा सहभागी हुनेहरूले विभिन्न विषय र तहका शैक्षिक कार्यक्रमबारे जानकारीका साथै आफ्नो क्षमता र चासोअनुसार उपयुक्त विश्वविद्यालय छनोट गर्न सहयोग पाउनेछन्। त्यस्तै, विशेषज्ञ परामर्शदाताले आवश्यक कागजात तयारीदेखि भिसा प्रक्रियासम्म पूर्ण सहयोग गर्नेछन्।
कार्यक्रममा छात्रवृत्ति अवसरहरूको जानकारी दिइनेछ भने अष्ट्रेलिया र न्यूजिल्यान्डको भिसा प्रक्रियाबारे स्पष्ट मार्गनिर्देशन पनि प्रदान गरिनेछ। यसका साथै, अध्ययनको क्रममा र अध्ययनपछि उपलब्ध हुने रोजगारी अवसरबारे समेत छलफल हुनेछ।
यस एक्सपोमा सहभागी हुँदा विद्यार्थीहरुलाई IELTS र PTE कक्षाहरु निशुल्क उपलब्ध हुने कम्पनीले जनाएको छ।
शिक्षामा गुणस्तरीय परामर्शका लागि परिचित आर्गस एजुकेशनले लामो समयदेखि नेपाली विद्यार्थीलाई विश्वस्तरीय शिक्षा प्राप्त गर्न मार्गदर्शन गर्दै आएको छ। ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ को बारे विस्तृत विवरण आर्गस एजुकेशन भक्तपुर सूर्यविनायक मार्फत प्राप्त गर्न सकिनेछ वा आर्गस एजुकेशन भक्तपुरको फेसबुक पेज वा टेलिफोन नं ०१-५९२४०१४, ९७०५१५०७४१, ९७०५१५०७४२ मार्फत पनि प्राप्त गर्न सकिनेछ।
उक्त एक्स्पो कम्पनीको कार्यालय सूर्यविनायक भक्तपुरमै बिहान १० बजेदेखि ५ बजेसम्म हुने जनाएको छ।
Published Date: 17 August 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1