मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो

मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, साउन २७ । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम आजपनि जारी रहेको छ । आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य १३ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने सुनको मूल्य १ लाख ९८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । उक्त दिनपनि सुनको मूल्यमा ११ सय रुपैयाँको गिरावट आएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १० रुपैयाँले घट्दै प्रतितोला २ हजार ३०५ रुपैयाँमा कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 August 2025
Website | + posts