भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ

भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ : Icon Khabar

भक्तपुर, साउन २७ । भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

आइतबार राति भक्तपुरको न्यातापोल मन्दिरअगाडि युवाहरू झडप गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा बाहिरिएको छ। उक्त भिडिओ बाहिरिएपछि ध्यानाकर्षण भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेले बताए।

‘झडप गरेको भिडिओबारे हाम्रो ध्यानाकर्षण भएको छ। हामी यस घटनामा संलग्नहरूको खोजी गरिरहेका छौं,’ उनले भने, ‘तीन जना नियन्त्रणमा छन्।’

उनले यसमा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको बताए। युवाहरूबीच किन झडप भयो भन्नेबारे खुलिसकेको छैन।

भिडिओमा केही युवाहरूले लाठी, मुक्का र लात्तीसमेत प्रहार गरेको देखिएको छ। उक्त घटनामा संलग्न केही घाइते भएको डिएसपी न्यौपानेले बताए। प्रहरीले घटनाको अनुसन्धान समेत थालेको छ।

Published Date: 12 August 2025


ताजा
आइतबार पनि सुनको मूल्य बढ्यो
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली