भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ

भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ : Icon Khabar

भक्तपुर, साउन २७ । भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

आइतबार राति भक्तपुरको न्यातापोल मन्दिरअगाडि युवाहरू झडप गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा बाहिरिएको छ। उक्त भिडिओ बाहिरिएपछि ध्यानाकर्षण भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेले बताए।

‘झडप गरेको भिडिओबारे हाम्रो ध्यानाकर्षण भएको छ। हामी यस घटनामा संलग्नहरूको खोजी गरिरहेका छौं,’ उनले भने, ‘तीन जना नियन्त्रणमा छन्।’

उनले यसमा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको बताए। युवाहरूबीच किन झडप भयो भन्नेबारे खुलिसकेको छैन।

भिडिओमा केही युवाहरूले लाठी, मुक्का र लात्तीसमेत प्रहार गरेको देखिएको छ। उक्त घटनामा संलग्न केही घाइते भएको डिएसपी न्यौपानेले बताए। प्रहरीले घटनाको अनुसन्धान समेत थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
4
+1
0
+1
0
+1
0
Published Date: 12 August 2025
Website | + posts