मंगलबार नेप्से परिसूचक ४१.७८ अंकले घट्यो

मंगलबार नेप्से परिसूचक ४१.७८ अंकले घट्यो : Icon Khabar

काठमाडौं, साउन २० । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक र कारोबार रकम दुवै घटेको छ ।

आज नेप्से परिसूचक ४१.७८ अंकले घटेर २८३३.५७ विन्दुमा झरेको छ। आज कारोबार रकम पनि घटेको छ। हिजो सोमबार करिब ११ अर्बको सेयर कारोबार भएकोमा आज ९ अर्ब ३३ करोड ३९ लाख रुपैयाँबराबरको २ करोड २२ लाख ७ हजार कित्ता सेयर कारोबार भएको छ।

आज दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। समाज लघुवित्त वित्तीय संस्था र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

थ्रि स्टार हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा हिमालयन रि-इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। यो कम्पनीको ३९ करोड २८ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये आज २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ।

Published Date: 05 August 2025




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न