मंगलबार नेप्से परिसूचक ४१.७८ अंकले घट्यो

मंगलबार नेप्से परिसूचक ४१.७८ अंकले घट्यो : Icon Khabar

काठमाडौं, साउन २० । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक र कारोबार रकम दुवै घटेको छ ।

आज नेप्से परिसूचक ४१.७८ अंकले घटेर २८३३.५७ विन्दुमा झरेको छ। आज कारोबार रकम पनि घटेको छ। हिजो सोमबार करिब ११ अर्बको सेयर कारोबार भएकोमा आज ९ अर्ब ३३ करोड ३९ लाख रुपैयाँबराबरको २ करोड २२ लाख ७ हजार कित्ता सेयर कारोबार भएको छ।

आज दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। समाज लघुवित्त वित्तीय संस्था र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

थ्रि स्टार हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा हिमालयन रि-इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। यो कम्पनीको ३९ करोड २८ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये आज २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 August 2025
Website | + posts




ताजा
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
बिहार राज्यमा विधान सभाका कारण नेपाल-भारत सीमा क्षेत्रमा कडाइ
मंगलबार नेप्से परिसूचक २७.६४ अंकले घट्यो
यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको छ: मन्त्री घिसिङ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)