भारतीय म्युजिक कम्पनी टी-सिरिज बन्यो ३० करोड सब्सक्राइबर पुर्‍याउने दोस्रो च्यानल

भारतीय म्युजिक कम्पनी टी-सिरिज बन्यो ३० करोड सब्सक्राइबर पुर्‍याउने दोस्रो च्यानल : Icon Khabar

काठमाडौँ, साउन २० । भारतीय म्युजिक कम्पनी टी-सिरिजले युट्युबमा ३० करोड सब्सक्राइबरको आँकडा पार गरेको छ । सोमबार कम्पनीले यो महत्त्वपूर्ण कोशेढुङ्गा पार गरेको हो ।

युट्युबमा महत्त्वपूर्ण कोशेढुङ्गा पार गरेसँगै टी-सिरिजले आभार व्यक्त गरेको छ । कम्पनीले सामाजिक सञ्जाल एक्समा लेखेको छ, “भारतका गल्लीदेखि विश्वका पर्दासम्म – हामी संगीतको विश्वव्यापी भाषा बनेका छौँ । सुनिदिनुभएको, माया गर्नुभएको, विश्वास गर्नुभएको र यो यात्राको हिस्सा बनिदिनुभएकोमा धन्यवाद ।”

टी-सिरिज १० करोड र २० करोड सब्सक्राइबर पार गर्ने विश्वकै पहिलो युट्युब च्यानल हो । तर, ३० करोड सब्सक्राइबरको आँकडामा भने अमेरिकी नागरिक जिम्मी डोनाल्डसन (मिस्टर बिस्ट) ले सञ्चालन गरेको युट्युब च्यानल अगाडि रह्यो । अहिले टी-सिरिज ३० करोड सब्सक्राइबरको उत्सव मनाइरहँदा मिस्टर बिस्टको सब्सक्राइबरको सङ्ख्या भने ४२ करोड पुग्न लागेको छ ।

टी-सिरिज भारतबाट सुरु भए पनि यसका दर्शक-श्रोता विश्वभर छन् । राम्रो चर्चा पाएका नेपाली गीतलाई पनि टी-सिरिजले हिन्दीमा रूपान्तरण गर्दै आएको छ ।

Published Date: 05 August 2025


ताजा
जीवनोपयोगी शिक्षाको उज्यालो बाटो: अक्सफोर्ड प्राक्टिकल इंग्लिश स्कुलको प्रेरणादायी यात्रा
आईपीएल: सञ्जु सामसनको विष्फोटक ब्याटिङ, दिल्लीमाथि चेन्नईको ८ विकेटको शानदार जित
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न