भारतीय म्युजिक कम्पनी टी-सिरिज बन्यो ३० करोड सब्सक्राइबर पुर्‍याउने दोस्रो च्यानल

भारतीय म्युजिक कम्पनी टी-सिरिज बन्यो ३० करोड सब्सक्राइबर पुर्‍याउने दोस्रो च्यानल : Icon Khabar

काठमाडौँ, साउन २० । भारतीय म्युजिक कम्पनी टी-सिरिजले युट्युबमा ३० करोड सब्सक्राइबरको आँकडा पार गरेको छ । सोमबार कम्पनीले यो महत्त्वपूर्ण कोशेढुङ्गा पार गरेको हो ।

युट्युबमा महत्त्वपूर्ण कोशेढुङ्गा पार गरेसँगै टी-सिरिजले आभार व्यक्त गरेको छ । कम्पनीले सामाजिक सञ्जाल एक्समा लेखेको छ, “भारतका गल्लीदेखि विश्वका पर्दासम्म – हामी संगीतको विश्वव्यापी भाषा बनेका छौँ । सुनिदिनुभएको, माया गर्नुभएको, विश्वास गर्नुभएको र यो यात्राको हिस्सा बनिदिनुभएकोमा धन्यवाद ।”

टी-सिरिज १० करोड र २० करोड सब्सक्राइबर पार गर्ने विश्वकै पहिलो युट्युब च्यानल हो । तर, ३० करोड सब्सक्राइबरको आँकडामा भने अमेरिकी नागरिक जिम्मी डोनाल्डसन (मिस्टर बिस्ट) ले सञ्चालन गरेको युट्युब च्यानल अगाडि रह्यो । अहिले टी-सिरिज ३० करोड सब्सक्राइबरको उत्सव मनाइरहँदा मिस्टर बिस्टको सब्सक्राइबरको सङ्ख्या भने ४२ करोड पुग्न लागेको छ ।

टी-सिरिज भारतबाट सुरु भए पनि यसका दर्शक-श्रोता विश्वभर छन् । राम्रो चर्चा पाएका नेपाली गीतलाई पनि टी-सिरिजले हिन्दीमा रूपान्तरण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 August 2025
Website | + posts




ताजा
सरकारले भदौ २३–२४ का प्रदर्शनमा ज्यान गुमाउने ४५ जनालाई सहिद घोषणा गर्ने
दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या उच्च
सोमबार नेप्से परिसूचक ८.२४ अंकले घट्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)