रुसमा भूकम्प गएपछि सुनामीको लहर तिव्रताका साथ फैलँदै

रुसमा भूकम्प गएपछि सुनामीको लहर तिव्रताका साथ फैलँदै : Icon Khabar

मस्को, साउन १४ । रुसको कामचटका प्रायद्वीप नजिक आएको ८ दशमलव ८ रेक्टर स्केलको भूकम्पले प्रशान्त क्षेत्रभरि नै सुनामीको खतरा उत्पन्न गराएको छ । यसले रुससहित जापान, हवाई, क्यालिफोर्निया, अलास्का तथा सोलोमन द्वीप जस्ता क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ ।

कुन–कुन देशमा सुनामीको खतरा ? कहिलेसम्म रहने छ ? सुनामीको लहरहरु विभिन्न स्थानमा पुग्छ अथवा कहिलेसम्म पुग्न सक्छ ? एउटा लिस्टिकलको माध्यमबाट सुनामीको लहर कुन–कुन स्थानमा कहिले र कति समयमा पुग्छ भन्ने कुरा बताइएको छ ।

स्थानिय समय अनुसार बुधवार बिहान ४ः५५ बजे ८ दशमलव ८ रेक्टर स्केलको भूकम्प रुसको कामचटका प्रायद्वीपको पूर्वी तटबाट १२६ किलोमिटर टाढा समुद्रमा आएको हो ।

यसको गहिराई केवल १९ दशमलव ३ किलोमिटर थियो । यहि कारणले समुद्रको तल्लो भाग हल्लिएको थियो । सुनामीको लहर उत्पन्न भयो । यो भुकम्प १९५२ पछि आएको सबैभन्दा शक्तिशाली भूकम्पमध्येको एक हो ।

प्रशान्त सुनामी चेतावनी केन्द्रका अनुसार १ देखि ३ मीटर उचाइ लहर हवाई,चिली,जापान र सोलोमन द्वीपको केहि तटीय क्षेत्रमा पुग्न सक्छ भने रुस र इक्वाडोरको केहि भागमा ३ मीटरभन्दा बढी लम्बाईमा लहर पुग्न सक्ने सम्भावना रहेको छ ।

सुनामीको लहर प्रशान्त महासागरमा तिव्रताका साथ फैलिरहेको छ, जसले विभिन्न देशको तटीय क्षेत्रमा खतरा उत्पन्न भएको छ ।

Published Date: 30 July 2025


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु