रुसमा भूकम्प गएपछि सुनामीको लहर तिव्रताका साथ फैलँदै

रुसमा भूकम्प गएपछि सुनामीको लहर तिव्रताका साथ फैलँदै : Icon Khabar

मस्को, साउन १४ । रुसको कामचटका प्रायद्वीप नजिक आएको ८ दशमलव ८ रेक्टर स्केलको भूकम्पले प्रशान्त क्षेत्रभरि नै सुनामीको खतरा उत्पन्न गराएको छ । यसले रुससहित जापान, हवाई, क्यालिफोर्निया, अलास्का तथा सोलोमन द्वीप जस्ता क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ ।

कुन–कुन देशमा सुनामीको खतरा ? कहिलेसम्म रहने छ ? सुनामीको लहरहरु विभिन्न स्थानमा पुग्छ अथवा कहिलेसम्म पुग्न सक्छ ? एउटा लिस्टिकलको माध्यमबाट सुनामीको लहर कुन–कुन स्थानमा कहिले र कति समयमा पुग्छ भन्ने कुरा बताइएको छ ।

स्थानिय समय अनुसार बुधवार बिहान ४ः५५ बजे ८ दशमलव ८ रेक्टर स्केलको भूकम्प रुसको कामचटका प्रायद्वीपको पूर्वी तटबाट १२६ किलोमिटर टाढा समुद्रमा आएको हो ।

यसको गहिराई केवल १९ दशमलव ३ किलोमिटर थियो । यहि कारणले समुद्रको तल्लो भाग हल्लिएको थियो । सुनामीको लहर उत्पन्न भयो । यो भुकम्प १९५२ पछि आएको सबैभन्दा शक्तिशाली भूकम्पमध्येको एक हो ।

प्रशान्त सुनामी चेतावनी केन्द्रका अनुसार १ देखि ३ मीटर उचाइ लहर हवाई,चिली,जापान र सोलोमन द्वीपको केहि तटीय क्षेत्रमा पुग्न सक्छ भने रुस र इक्वाडोरको केहि भागमा ३ मीटरभन्दा बढी लम्बाईमा लहर पुग्न सक्ने सम्भावना रहेको छ ।

सुनामीको लहर प्रशान्त महासागरमा तिव्रताका साथ फैलिरहेको छ, जसले विभिन्न देशको तटीय क्षेत्रमा खतरा उत्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 July 2025
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न