कागेश्वरी मनोहरा नगरपालिकामा पुनः ‘एक ढोका, सम्पूर्ण सेवा प्रणाली’

कागेश्वरी मनोहरा नगरपालिकामा पुनः ‘एक ढोका, सम्पूर्ण सेवा प्रणाली’ : Icon Khabar

काठमाडौं, साउन १३ । कागेश्वरी मनोहरा नगरपालिकाले नागरिकलाई छरितो, प्रभावकारी र नागरिकमैत्री सेवा प्रदान गर्ने उद्देश्यका साथ ‘एक ढोका, सम्पूर्ण सेवा प्रणाली’ पुनः सञ्चालनमा ल्याएको छ । नगरपालिकाले यो प्रणालीलाई औपचारिक रूपमा पुनः सुरु गर्दै सेवा प्रवाहलाई अझ व्यवस्थित र उत्तरदायी बनाउने घोषणा गरेको हो ।

पहिलो पटक २०८२ साल वैशाख २ गते सुरु गरिएको यो प्रणाली केही प्राविधिक चुनौती, व्यवस्थापकीय समन्वयको अभाव तथा सबै शाखा प्रमुखहरू एकैसाथ स्थायी रूपमा बस्न नसक्दा पूर्ण रूपमा सञ्चालनमा आउन सकेको थिएन । अब भने सम्पूर्ण शाखा प्रमुखहरू एउटै स्थानमा बस्ने व्यवस्था गरिएको छ, जसले गर्दा नागरिकले प्रशासनिक सेवा लिन विभिन्न शाखामा धाउनुपर्ने झन्झट अन्त्य भएको छ ।

नगर प्रमुख उपेन्द्र कार्कीले सेवा प्रणाली पुनः सक्रिय बनाइएको जानकारी दिँदै, अब नगरवासीले एउटै स्थानबाट सम्पूर्ण सेवा प्राप्त गर्न सक्ने बताउनुभयो । उहाँले सेवा प्रणाली मुस्कानसहितको सेवाको अवधारणामा आधारित रहेको उल्लेख गरे।

यसैबीच, प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले यसले प्रशासनिक समन्वयलाई मजबुत बनाउने मात्र नभई सेवाग्राहीको विश्वास समेत बढाउने बताए।

नगरपालिकाले महिला, दलित, अपाङ्गता भएका व्यक्ति र सेवामा पहुँचको चुनौती भोग्ने समुदायका लागि लक्षित सेवालाई समेत थप सहज र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 July 2025
Website | + posts