भक्तपुरमा सम्भावित विपद्को क्षेत्रहरूको पहिचान गरी तयारी अवस्थामा रहन निर्देशन

भक्तपुरमा सम्भावित विपद्को क्षेत्रहरूको पहिचान गरी तयारी अवस्थामा रहन निर्देशन : Icon Khabar

भक्तपुर, साउन ८ । जिल्ला विपद् व्यवस्थापन समितिले भक्तपुरमा सम्भावित विपद्को क्षेत्रहरूको पहिचान गरी तयारी अवस्थामा रहन निर्देशन दिएकाे छ ।

जिल्लामा मनसुन जन्य विपद् डुवान, पहिरो, बाढी, भूकम्प, आगलागी, महामारी, आँधीबेहरी र हवाहुरी, चट्यांङ जस्ता क्षेत्र विपदको जोखिम युक्त क्षेत्र भएकाले भइपरी आउने विपद्को समयमा तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।

भक्तपुरका चारवटै स्थानीय तहहरू भक्तपुर, सुर्यविनायक, चाँगुनारायण र मध्यपुर थिमी त्यस्तै राजनितिक दल र सुरक्षाकर्मी तथा विभिन्न सम्वन्धी सरकारी कार्यालयलाई विपद् व्यवस्थापनकालागि २४ घण्टा तयारी अवस्थामा रहन प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले निर्देशन दिएका हुन्।

यस्तै विपद्को समयमा धनजनको क्षति हुनै नदिन र माहामारी जन्य रोगहरू फैलिन नदिन सतर्कता अपनाउनपर्ने सरोकारवाला निकायले जोड दिएका छन् ।

यस्तै विपदको समयमा खेती वाली, अन्न तथा भण्डारण गरिएको बीउ नस्ट भई अर्को बाली उत्पादनमा बीउको अभाव, लगानीका लागि पूँजीको अभाव भई खाद्य संकट हुन सक्ने।

भुमिहीन, साना कृषक र विपन्न समुदाय बढी प्रभावित हुन सक्ने, उर्वरा जमिन कटानीबाट अनुत्पादक हुन सक्ने, पशु, चौपाया र ग्रामीण जिविकोपार्जनमा नोक्सानी हुन सक्ने बाढीबाट शहरी तथा ग्रामीण पुर्वाधार संरचना भत्कीन गई तत्कालिन सेवाबाट समुदाय बञ्चित हुन सक्ने,आवातजावत अवरूद्ध हुने, सञ्चार, पुल, सिंचाई र खानेपानी सरसफाई आदी पूर्वाधारका अवस्था विग्रन सक्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन समेत दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 July 2025
Website | + posts
ताजा
निरन्तर छैठौँ कारोबार दिन घट्यो नेप्से, कारोबार रकम पनि घट्यो
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित
भक्तपुर युवा टिमको जर्सी सार्वजनिक, सहिद स्मारक सी–डिभिजन क्वालिफायर २०२५ मा पहिलो पटक सहभागिता