बिहिबार सुनको भाउ २४ सय रुपैयाँले घट्यो

बिहिबार सुनको भाउ २४ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, साउन ८ । स्थानिय बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन २१ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो ।
आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य २४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँ कायम भएको छ । यससँगै लगातार ५ दिनदेखि बढिरहेको सु्नको मूल्यमा आज ब्रेक लागेको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज १५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ३३५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 July 2025
Website | + posts