बिहिबार सुनको भाउ २४ सय रुपैयाँले घट्यो

बिहिबार सुनको भाउ २४ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, साउन ८ । स्थानिय बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन २१ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो ।
आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य २४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँ कायम भएको छ । यससँगै लगातार ५ दिनदेखि बढिरहेको सु्नको मूल्यमा आज ब्रेक लागेको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज १५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ३३५ रुपैयाँ कायम भएको छ ।

Published Date: 24 July 2025


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली