काठमाडौँ, साउन ७ । बुधबारको कारोबारमा सुनको मूल्य बढेको छ । आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य २१ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार प्रतितोला १ लाख ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ । यससँगै सुनको मूल्य लगातार ५ दिन बढेको छ ।
अघिल्लो दिनपनि सुनको मूल्य ४ सय रुपैयाँले बढेको थियो । उक्त दिन सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज ३० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३५० रुपैयाँ कायम भएको छ ।
Published Date: 23 July 2025
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1