चार लाख रुपैयाँ भन्दा नगदसहित क्रिप्टो कारोबार गरेको आरोपमा तीन जना पक्राउ

चार लाख रुपैयाँ भन्दा नगदसहित क्रिप्टो कारोबार गरेको आरोपमा तीन जना पक्राउ : Icon Khabar

काठमाडौं, साउन ६ । चार लाख रुपैयाँ भन्दा नगदसहित क्रिप्टो कारोबार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ का ३१ वर्षीय फुर्वा साङ्गे शेर्पा, खोटाङको ऐसेलुखर्क गाउँपालिका–७ का ३१ वर्षकै दीपक दर्नाल र धनकुटाको महालक्ष्मी नगरपालिका–८ का ३१ वर्षकै भीमबहादुर तामाङ छन् ।

उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुविरुद्ध अभौतिक मुद्राको कारोबार गर्न नहुने सम्बन्धी कसुरमा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ ।

उनीहरुले वैदेशिक रोजगारीमा विदेश जान लागेका व्यक्तिलाई लक्षित गर्दै आर्थिक प्रलोभन देखाउँदै बैंक खाता खोल्न लगाउने र ती खाता दुरुपयोग गर्दै ठगीको रकम कारोबार गरेको पाइएको परिसरका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।

उनीहरुबाट ४ लाख २० हजार ५५ रुपैयाँ, २०० थान भन्दा बढी सीमकार्ड पनि बरामद भएको छ ।

Published Date: 22 July 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै