‘धरहरा’ लाई गुगल म्यापले ‘सेतो टावर’ भनेर लेखेपछि…..

‘धरहरा’ लाई गुगल म्यापले ‘सेतो टावर’ भनेर लेखेपछि….. : Icon Khabar

काठमाडौं, साउन ४ । काठमाडौंको सुन्धारामा अवस्थित नेपालको ऐतिहासिक स्तम्भ ‘धरहरा’ लाई गुगल म्यापमा ‘सेतो टावर’ भनेर लेखिएको देखिएको छ ।

आइतवार बिहान गुगल म्यापले धरहरालाई ‘सेतो टावर’ भनेर देखाएपछि सामाजिक सञ्जालमा यस विषयमा जिज्ञासा उत्पन्न भएको छ । धेरैले नेपालको ऐतिहासिक सम्पत्तिको अपमान भएको बताएका छन् भने केहीले यस्तो गल्ती गर्नेहरूलाई छिटोभन्दा छिटो कारवाहीम ल्याउनुपर्ने माग गरेका छन् ।

काठमाडौंको ऐतिहासिक धरहरा क्षेत्रलाई गुगल म्यापमा ‘सेतो टावर’ भनेर उल्लेख गरिएको पाइएको छ। गुगल म्यापमा नेपालको सांस्कृतिक र ऐतिहासिक सम्पदा धरहराको नाम सेतो टावर देखिएपछि सामाजिक सञ्जालमा आलोचना चुलिएको हो ।

प्रसिद्ध पर्यटकीय स्थल धरहरा काठमाडौंको सुनधारामा अवस्थित छ र नेपाली इतिहासमा महत्वपूर्ण स्थान राख्दछ । तर, यसको नाम गलत ढंगले अनुवाद गरिएको देखिएपछि धेरैले आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले गुगल म्यापमा देखिएको नामले नेपालको सांस्कृतिक पहिचानको अपमान भएको बताएका छन् । कतिपयले ‘धरहरा भनेको धरहरै हो, सेतो टावर होइन’ भन्दै यस्ता गलत नामाकरण सच्याउन पर्ने बताएका छन् ।

त्यस्तै केहिले ‘ऐतिहासिक सम्पदाको यस्ता डिजिटल माध्यममा गलत नामले प्रस्तुतिनु गम्भीर विषय हो । भन्दै आक्रोश व्यक्त गरेका छन् । कोहिले त नेपालको ऐतिहासिक सम्पदाको अपमान भएको बताएका बताउँदै यस्तो गल्ती गर्नेहरूलाई छिटोभन्दा छिटो कारबाहीमा ल्याउनुपर्ने माग गरेका छन् ।

तत्कालिन प्रधानमन्त्री भीमसेन थापाद्वारा निर्माण गरिएको महत्वपूर्ण स्मारक हो धरहरा । २०७२ सालको भूकम्पमा धरहरा ढलेपछि पुनर्निर्माण गरिएर अहिले नयाँ स्वरूपमा पुनः निर्माण भएको छ ।

Published Date: 20 July 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु