आइतबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढ्यो

आइतबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, साउन ४ । आइतबार सुनको मूल्य वृद्धि भएको छ । आज स्थानिय बजारमा सुनको मूल्य ८ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले उपलब्ध गराएको जानकारी अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुनको कारोबार प्रतितोला १ लाख ९२ हजार ५ सयमा भएको थियो । उक्त दिन सुनको मूल्य २ सयले बढेको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज ५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार २८५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 July 2025
Website | + posts