केरुङमा रोकिएका नेपालीहरुलाई सिन्धुपाल्चोकको तातोपानी नाकाबाट नेपाल ल्याइने

केरुङमा रोकिएका नेपालीहरुलाई सिन्धुपाल्चोकको तातोपानी नाकाबाट नेपाल ल्याइने : Icon Khabar

काठमाडौं, साउन १ । केरुङमा रोकिएका नेपालीहरुलाई तातोपानी नाकाबाट नेपाल ल्याइने भएको छ ।

गत असार २४ गतेको ल्हेन्दे खोलाको बाढीले मितेरी पुल बगाएपछि केरूङमा रोकिएका नेपालीलाई सिन्धुपाल्चोकको तातोपानी नाकाबाट नेपाल ल्याइने प्रक्रिया अघि बढाइएको हो ।

जिल्ला प्रशासन कार्यालय रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार यसका लागि चीन सरकारसँग कुटनीतिक पहल समेत थालिएको छ ।

कामको सिलसिलामा त्यहाँ रहका तथा कन्टेनरहरुका चालक सहचालकलाई प्राथमिकतामा राखेर जतिसक्दो चाँडो वैकल्पिक मार्गबाट नेपाल ल्याउने पहस सुरु गरिएको उनको भनाइ छ ।

Published Date: 17 July 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै