मुगुको माथिल्लो क्षेत्रबाट २६ किलो दुई सय ग्राम यार्सागुम्बा निकासी

मुगुको माथिल्लो क्षेत्रबाट २६ किलो दुई सय ग्राम यार्सागुम्बा निकासी : Icon Khabar

मुगु, साउन १ । मुगुको माथिल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ । उक्त क्षेत्रबाट २६ किलो दुई सय ग्राम यार्सागुम्बा निकासी भएको छ ।

डिभिजन वन कार्यालय मुगु मुगुका कार्यालय प्रमुख ललित कुमार कर्णले असार मसान्तसम्ममा उक्त परिमाणको यार्सागुम्बा सङ्कलन तथा निकासी भएको जानकारी दिए।

उक्त परिमाणको यार्सागुम्बा निकासीबाट आठ लाख १२ हजार दुई सय ६८ रुपियाँ राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो । जिल्लाबाट यार्सा निकासीका लागि प्रतिकिलो ३१ हजार दस्तुर लिने गरिएको छ ।

जिल्लाको माथिल्लो मुगु कार्मारोङ गाउँपालिकाको सानोकोइकी, ठुलोकोइकी, रिमार, टाँके, हाङदाङखोलालगायत सात स्थानबाट यार्सा सङ्कलन हुने गरेको छ ।

स्थानीय यार्चागुम्बा व्यापारी कार्माटोर्ची लामाका अनुसार यहाँका धेरै पाटनमा यार्सागुम्बा पाउने भए पनि मुगुगाउँको वन क्षेत्रमा पर्ने ठुलोकोइकी पाटनबाट सङ्कलन गरिन्छ ।

मुगु मकार्मारोङ गाउँ पालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाका अनुसार जेठ १५ गतेदेखि यार्चागुम्बा सङ्कलनका लागि करिब पाच हजार जनाले यार्सागुम्बा सङ्कलनको अनुमति लिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

अनुमतिपत्र बिना बहुमूल्य जडीबुटी सङ्कलन गर्न पाइँदैन । जसले गर्दा अनुमति लिएपछि मात्रै पाटनतर्फ जान दिइने गरिएको लामाले बताए ।

मुगुमकार्मारोङ गाउँ पालिकाको व्यवस्थापन समितिले यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिएपछि मात्रै पाटन जान पाउने प्रावधान छ । सोहीअनुरुप यार्सागुम्बा सङ्कलनका निम्ति सिरानी चौडमा स्थानीयका साथै बाहिरी जिल्लाबाट आएका व्यक्तिलाई सङ्कलन अनुमति दिइन्छ ।

जिल्लाको माथिल्लो मुगुमा यार्सागुम्बा सङ्कलनका लागि जेठ १५ देखि असार मसान्तसम्म यार्सागुम्बा सङ्कलन गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 July 2025
Website | + posts




ताजा
अपराजित रहँदै नेपालले जित्यो टी-२० विश्वकप छनोटको उपाधि
मन्त्रिपरिषद्को बिहीबारको बैठकले गरेका निर्णय सार्वजनिक
बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिन माग
कार्तिक महिनाका लागि वाणिज्य बैंकहरूको घटाए थप ब्याजदर


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित