मुगुको माथिल्लो क्षेत्रबाट २६ किलो दुई सय ग्राम यार्सागुम्बा निकासी

मुगुको माथिल्लो क्षेत्रबाट २६ किलो दुई सय ग्राम यार्सागुम्बा निकासी : Icon Khabar

मुगु, साउन १ । मुगुको माथिल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ । उक्त क्षेत्रबाट २६ किलो दुई सय ग्राम यार्सागुम्बा निकासी भएको छ ।

डिभिजन वन कार्यालय मुगु मुगुका कार्यालय प्रमुख ललित कुमार कर्णले असार मसान्तसम्ममा उक्त परिमाणको यार्सागुम्बा सङ्कलन तथा निकासी भएको जानकारी दिए।

उक्त परिमाणको यार्सागुम्बा निकासीबाट आठ लाख १२ हजार दुई सय ६८ रुपियाँ राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो । जिल्लाबाट यार्सा निकासीका लागि प्रतिकिलो ३१ हजार दस्तुर लिने गरिएको छ ।

जिल्लाको माथिल्लो मुगु कार्मारोङ गाउँपालिकाको सानोकोइकी, ठुलोकोइकी, रिमार, टाँके, हाङदाङखोलालगायत सात स्थानबाट यार्सा सङ्कलन हुने गरेको छ ।

स्थानीय यार्चागुम्बा व्यापारी कार्माटोर्ची लामाका अनुसार यहाँका धेरै पाटनमा यार्सागुम्बा पाउने भए पनि मुगुगाउँको वन क्षेत्रमा पर्ने ठुलोकोइकी पाटनबाट सङ्कलन गरिन्छ ।

मुगु मकार्मारोङ गाउँ पालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाका अनुसार जेठ १५ गतेदेखि यार्चागुम्बा सङ्कलनका लागि करिब पाच हजार जनाले यार्सागुम्बा सङ्कलनको अनुमति लिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

अनुमतिपत्र बिना बहुमूल्य जडीबुटी सङ्कलन गर्न पाइँदैन । जसले गर्दा अनुमति लिएपछि मात्रै पाटनतर्फ जान दिइने गरिएको लामाले बताए ।

मुगुमकार्मारोङ गाउँ पालिकाको व्यवस्थापन समितिले यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिएपछि मात्रै पाटन जान पाउने प्रावधान छ । सोहीअनुरुप यार्सागुम्बा सङ्कलनका निम्ति सिरानी चौडमा स्थानीयका साथै बाहिरी जिल्लाबाट आएका व्यक्तिलाई सङ्कलन अनुमति दिइन्छ ।

जिल्लाको माथिल्लो मुगुमा यार्सागुम्बा सङ्कलनका लागि जेठ १५ देखि असार मसान्तसम्म यार्सागुम्बा सङ्कलन गरिन्छ ।

Published Date: 17 July 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै