भक्तपुरका प्रमुख मालपाेत अधिकृत र कार्यालय सहयाेगी घूससहित पक्राउ

भक्तपुरका प्रमुख मालपाेत अधिकृत र कार्यालय सहयाेगी घूससहित पक्राउ : Icon Khabar

भक्तपुर, असार ३१  भक्तपुरस्थित भूमि सुधार तथा मालपोत कार्यालयका कार्यालय प्रमुखसहित दुई जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित रंगेहात नियन्त्रणमा लिएको छ।

मंगलबार प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउत पक्राउ परेका छन् । उनीहरूलाई रु. २४ लाख ५० हजार  घुस रकमसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

भक्तपुरकै चाँगुनारायणको करिब १४ रोपनी जग्गा मोही र तलसिंको लगत कट्टा गरि पूर्जा कायम गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागिएको सूचनाका आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

आयोगको टोलीले मंगलबार भक्तपुर नगापालिका-२ ब्यासीस्थित कार्यालय परिसरबाटै उनीहरूलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको अख्तियारका प्रवक्ता राजेन्द्र पौडेलले पुष्टि गरेका छन् ।

Published Date: 15 July 2025






ताजा
समूह जेः अल्जेरियाविरुद्धको खेल मेसीका लागि विशेष,
२४ वर्षअघिको तीतो सम्झना ताजैः सेनेगलसँग खेल्दै फ्रान्स
‘खुट्टा भाँच्ने’ भौतिक पूर्वाधार मन्त्रीको अभिव्यक्तिमा ज्ञानेन्द्र शाही बोले : आशय कारबाहीको, हिंसाको होइन
फिफा विश्वकप १९९४ र २०२६ का फरकः अझ ठूलो, अझ महँगो र अझ विश्वव्यापी


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न