भक्तपुर, असार ३१ । भक्तपुरस्थित भूमि सुधार तथा मालपोत कार्यालयका कार्यालय प्रमुखसहित दुई जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित रंगेहात नियन्त्रणमा लिएको छ।
मंगलबार प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउत पक्राउ परेका छन् । उनीहरूलाई रु. २४ लाख ५० हजार घुस रकमसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
भक्तपुरकै चाँगुनारायणको करिब १४ रोपनी जग्गा मोही र तलसिंको लगत कट्टा गरि पूर्जा कायम गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागिएको सूचनाका आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।
आयोगको टोलीले मंगलबार भक्तपुर नगापालिका-२ ब्यासीस्थित कार्यालय परिसरबाटै उनीहरूलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको अख्तियारका प्रवक्ता राजेन्द्र पौडेलले पुष्टि गरेका छन् ।
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1