चीनको न्यालममा बढी वर्षा भएकोले सिन्धुपाल्चोक भोटेकोशी र सुनकोशी आसपासमा सतर्कता अपनाउन आग्रह

चीनको न्यालममा बढी वर्षा भएकोले सिन्धुपाल्चोक भोटेकोशी र सुनकोशी आसपासमा सतर्कता अपनाउन आग्रह : Icon Khabar

काठमाडौं, असार २४ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोशी र सुनकोशी नदी आसपासका स्थानीयलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ ।

चीनको न्यालम क्षेत्रमा हाल वर्षा भइरहेको र आज राति बढी वर्षा हुन सक्ने तथा यी दुई नदी आसपास जोखिम रहन सक्ने सम्भावना भएकाले सतर्कता अपनाउन भनिएको हो ।

यस्तै प्रशासन कार्यालयले अरनिको राजमार्ग (बन्देउदेखि लिपिङ खण्ड) मा सवारी चलाउँदा पनि सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Published Date: 08 July 2025


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?