मंगलबार नेप्से परिसूचक ३.६१ अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक ३.६१ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, असार २४ । मंगलबार सेयर बजार सूचक ३.६१ अंकले बढेर २६८७.६३ विन्दुमा बन्द भएको छ । आज ६ अर्ब ५७ करोड रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्री भएको छ । विगत केही दिनको तुलनामा सेयर कारोबार रकममा भने केही कमी आएको हो ।

आज ३०४ कम्पनीको १ करोड ५० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५१ करोड ६७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल रिइन्सुरेन्स कम्पनी अग्रस्थानमा परेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः बुटवल पावर र गार्डियन माइक्रो लाइफ इन्सुरेन्स रहेका छन् ।

Published Date: 08 July 2025


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
विदेश अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइ बन्दै आर्गस एजुकेशन भक्तपुर