आइतबार नेप्से परिसूचक ३.७५ अंकले बढ्यो

आइतबार नेप्से परिसूचक ३.७५ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, असार २२ । सेयर बजार आइतबार तीब्र उतारचढावका बीच सकारात्मक बनेर बन्द भएको छ । नेप्से परिसूचक ३.७५ अंकले बढेर २७०७.७२ विन्दुमा बन्द भएको छ ।

आज ३१८ कम्पनीको २ करोड ७१ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४९ करोड ४० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल रिइन्सुरेन्स कम्पनी अग्रस्थानमा परेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर र हिमालयन रिइन्सुरेन्स रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 July 2025
Website | + posts