भारतमा रोयटर्सको आधिकारिक एक्स अकाउन्ट प्रतिबन्ध

भारतमा रोयटर्सको आधिकारिक एक्स अकाउन्ट प्रतिबन्ध : Icon Khabar

काठमाडौं, असर २२ । अन्तरर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सको आधिकारिक एक्स अकाउन्टलाई भारतमा प्रतिबन्ध लगाइएको छ।

बीबीसीका अनुसार, भारतले ‘कानुनी माग’का कारण प्रतिबन्ध लगाएपछि रोयटर्सले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।

यद्यपि, रोयटर्स टेक न्यूज, रोयटर्स फैक्ट चेक, रोयटर्स पिक्चर्स, रोयटर्स एसिया र रोयटर्स चाइना लगायत रोयटर्सका अन्य केही एक्स अकाउन्टहरू भने अझै पनि काम गरिरहेका छन्।

एक्सका अनुसार, अमेरिकासहित धेरै देशहरूमा रहेका कानुनका कारण केही पोस्ट वा एक्स अकाउन्टको सामग्रीमा प्रतिबन्ध लागु हुने गर्छन्।

एक्सले भनेको छ, ‘हामीले हाम्रा सेवाहरूलाई अवरोधरहित रूपमा प्रदान गर्न प्रयास गर्दा, यदि कुनै देशमा अधिकार प्राप्त निकायबाट वैध र उपयुक्त अनुरोध प्राप्त हुन्छ भने केही सामग्रीलाई रोक्नु आवश्यक हुन सक्छ।’

एक्सले थपेको छ, ‘अदालतको आदेश आएमा सामग्री रोक्न सकिन्छ, साथै यो स्थानीय कानुनको आधारमा पनि गरिन सक्ने कारबाही हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 July 2025
Website | + posts






ताजा
सुनचाँदी व्यवसायीहरुद्वारा असार २७ गतेसम्मको संयुक्त विरोधको तालिका सार्वजनिक
आइतबार नेप्से परिसूचक ३.७५ अंकले बढ्यो
अण्डाको बाकस बालेर लामखुट्टे भगाउने प्रयास गर्नुहुन्छ ? सावधान
अमेरिकामा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ५० पुग्यो








ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
सूर्यविनायक-अरनिको राजमार्गको हरविजोग, बाटो बनाउन अझै कति म्याद थप्नु पर्ने हो ?
मध्यपुर थिमिको बालकुमारी मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न