भारतमा भएको विस्फोटमा परी ३४ जनाको मृत्यु

भारतमा भएको विस्फोटमा परी ३४ जनाको मृत्यु : Icon Khabar

काठमाडौं, असार १७ । भारतको दक्षिणी राज्य तेलंगानाको संगारेड्डी जिल्लामा रहेको एउटा औषधि उद्योगमा सोमबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

घटनास्थलबाट ३१ जनाको शव भेटिएको र अस्पतालमा उपचारको क्रममा ३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ३० जनाभन्दा बढी घाइते भएका छन् ।

तेलंगनाको पाशमिलारम औद्योगिक क्षेत्रमा रहेको सिगाची उद्योगको रियक्टर युनिटमा सोमबार बिहान विष्फोट भएको थियो । विष्फोटबाट उद्योगको भवन भत्किएको छ । भारतीय सञ्चारमाध्यममा देखाइएका दृश्यहरूमा घटनास्थलमा आगो लागेको देखिन्छ ।

यस घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 July 2025
Website | + posts






ताजा
देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूद्वारा हातमा कालोपट्टि बाँधेर सेवा प्रदान
कुलिङ पिरियड हेरफेरसम्बन्धी छानबिन गरिने सभामुख घिमिरेको प्रतिबद्धता
हिन्दी संस्करणको गीत झिम झिमलाई चार दिनमै ११ लाख भन्दा बढी भ्युज प्राप्त
पेट्रोलमा प्रतिलिटर पाँच रुपियाँले वृद्धि भएपछि


ट्रेन्डिङ
सूर्यविनायक-अरनिको राजमार्गको हरविजोग, बाटो बनाउन अझै कति म्याद थप्नु पर्ने हो ?
PATA हिमालयन ट्राभल मार्टमा HAB को ऐतिहासिक उपस्थिति
आइकन खबरको आयोजनामा यहि असार १४ गते रोपाईं जात्रा तथा दही चिउरा कार्यक्रम हुने
मध्यपुर थिमिको बालकुमारी मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न