सिमेन्ट र डन्डीको भाउ घट्यो

सिमेन्ट र डन्डीको भाउ घट्यो : Icon Khabar

काठमाडौँ, असार १६ । पछिल्लो साता सिमेन्ट र डन्डीको भाउ घटेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार उद्योगीले सिमेन्टको भाउ प्रतिबोरा ५० रुपियाँदेखि एक सय रुपियाँसम्म र डन्डीको भाउ प्रतिकेजी पाँच रुपियाँसम्म घटाएका हुन् ।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले पछिल्लो समय सिमेन्ट र डन्डीको उत्पादन गर्ने उद्योगमा लोडसेडिङ घटेर उत्पादनमा सहज भएको र माग पनि विगतभन्दा केही घटेकाले भाउ घटेको जानकारी दिए।

यसअघि उद्योगमा १२ घण्टासम्म लोडसेडिङ भएको र उत्पादन लागत बढ्न गई सिमेन्टको मूल्य बढाउनु परेको उद्योगीले बताउँदै आएका थिए । नेपाल निर्माण व्यवसायी महासङ्घले पनि सिमेन्टको मूल्य प्रतिबोरामा एक सय रुपियाँसम्म र डन्डीमा प्रतिकेजी पाँच रुपियाँसम्म घटेको जनाएको छ ।

यस्तै उद्योगीले यसअघि भाउ बढाएर ओपिसी सिमेन्ट प्रतिबोरा ६७५ देखि आठ सय रुपियाँसम्म र पिपिसी सिमेन्ट प्रतिबोरा ५५० देखि ६७५ रुपियाँसम्म पुर्‍याएका थिए । अहिले त्यो मूल्यमा प्रतिबोरा सिमेन्टमा एक सय रुपियाँसम्म घटेको महासङ्घले जनाएको छ । प्रतिकेजी ९० देखि ९५ रुपियाँ कारोबार भएको डन्डीमा पाँच रुपियाँ घटेर प्रतिकेजी ८५ देखि ९० रुपियाँमा किनबेच भएको छ ।

Published Date: 30 June 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर