एसियन कप छनोटमा नेपालको विजयी सुरुवात

एसियन कप छनोटमा नेपालको विजयी सुरुवात : Icon Khabar

काठमाडौँ, असार १६ । एएफसी एसियन कप छनोटमा नेपालले विजयी सुरुवात गरेको छ। आइतबार उज्वेकिस्तानको पख्तखोर स्टेडियममा भएको खेलमा लाओसलाई ९-० ले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो।

नेपालको जितमा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले पाँच गोल गरिन्। खेलको ८८ औँ मिनेटमा साम्बाले लाओसाको पोष्टमा नेपालका लागि नवौं गोल गरेकी थिइन्।

नेपालका लागि साम्बाले पाँच गोलसहित अनिता बस्नेत, रश्मि कुमारी घिसिङ, अनिता केसी र सरु लिम्बूले एक एक गोल गरे।

जितसँगै समूह ‘एफ’मा रहेको नेपालले महत्वपूर्ण तीन अंक जोडेको छ। साथै सावित्राले पहिले पटक नेपाली टिमको कप्तानी सम्हालेकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 June 2025
Website | + posts
ताजा
आइतबार नेप्से परिसूचक ५.१५ अंकले घट्यो
इन्टरनेशनल ग्रीन डेभलपर्स नेपालद्वारा ‘Ecopanel’ नाम प्रयोगमा कडा चेतावनी
असोज महिनामा नेपालमा भित्रियो २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स
विदेशमा रहेका नेपाली नागरिकका लागि मतदान केन्द्र तोक्न अध्यादेशको तयारी


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )