धान रोप्न भक्तपुरसम्म आइन् वरिष्ठ गायिका गीतादेवी

धान रोप्न भक्तपुरसम्म आइन् वरिष्ठ गायिका गीतादेवी : Icon Khabar

भक्तपुर, असार १५ । शनिबार असार १४ गतेको दिन। भक्तपुरबाट संचालन हुने आइकन मिडिया हाउस प्रा. लि. र आइकन खबर डटकमको आयोजनामा रोपाईजात्रा तथा दहि चिउरा कार्यक्रम सम्पन्न भयो।

भक्तपुरको झौखेलस्थित सम्पन्न भएको सो कार्यक्रममा वरिष्ठ गायिका गीतादेवीको आगमन पनि भयो। धेरै वर्ष पछि हिलाम्य खेतमा पाइला टेकेर धान रोप्न पाएकोमा गायिका निकै खुशी भईन्। त्यतिकैमा भक्तपुरमा आएरै उक्त जात्रामा आउन पाउँदा झन् भाग्यमानी महसुश गरिन्।

उनले आफुले गएका ४००० भन्दा बढी नेपाली गीतहरु मध्ये पनि लोकप्रिय गीतहरु प्रस्तुत गरिन् र सो रोपाई जात्रालाई थप रमाइलो बनाइन्।

गायिका गीतादेवी नेपाली लोक गीत संगीतमा विगत ३ दशक देखि निरन्तर आफ्नो आवाज ब्यक्त गर्दै आएकी छिन्। रोपाई जात्रामा आउने सम्पूर्ण व्यक्तित्वहरुलाई आफ्ना केहि लोकप्रिय गीतहरु जस्तै सेन्टर गैरी खेत, सुसेलेर मायाले बोलाको, माया बेरियो, खस्यो झोला बागमती खोलामा लगायतका गीतहरु प्रस्तुत गरिन् । भक्तपुर आएर रोपाई जात्रामा सहभागी हुन पाउँदा धेरै पछिको तिर्सना मेटेको पनि बताईन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 June 2025
Website | + posts