धान रोप्न भक्तपुरसम्म आइन् वरिष्ठ गायिका गीतादेवी

धान रोप्न भक्तपुरसम्म आइन् वरिष्ठ गायिका गीतादेवी : Icon Khabar

भक्तपुर, असार १५ । शनिबार असार १४ गतेको दिन। भक्तपुरबाट संचालन हुने आइकन मिडिया हाउस प्रा. लि. र आइकन खबर डटकमको आयोजनामा रोपाईजात्रा तथा दहि चिउरा कार्यक्रम सम्पन्न भयो।

भक्तपुरको झौखेलस्थित सम्पन्न भएको सो कार्यक्रममा वरिष्ठ गायिका गीतादेवीको आगमन पनि भयो। धेरै वर्ष पछि हिलाम्य खेतमा पाइला टेकेर धान रोप्न पाएकोमा गायिका निकै खुशी भईन्। त्यतिकैमा भक्तपुरमा आएरै उक्त जात्रामा आउन पाउँदा झन् भाग्यमानी महसुश गरिन्।

उनले आफुले गएका ४००० भन्दा बढी नेपाली गीतहरु मध्ये पनि लोकप्रिय गीतहरु प्रस्तुत गरिन् र सो रोपाई जात्रालाई थप रमाइलो बनाइन्।

गायिका गीतादेवी नेपाली लोक गीत संगीतमा विगत ३ दशक देखि निरन्तर आफ्नो आवाज ब्यक्त गर्दै आएकी छिन्। रोपाई जात्रामा आउने सम्पूर्ण व्यक्तित्वहरुलाई आफ्ना केहि लोकप्रिय गीतहरु जस्तै सेन्टर गैरी खेत, सुसेलेर मायाले बोलाको, माया बेरियो, खस्यो झोला बागमती खोलामा लगायतका गीतहरु प्रस्तुत गरिन् । भक्तपुर आएर रोपाई जात्रामा सहभागी हुन पाउँदा धेरै पछिको तिर्सना मेटेको पनि बताईन्।

Published Date: 29 June 2025


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु