पाँचखालमा यात्रुबाहक बस दुर्घटना हुँदा ८ जना घाइते

पाँचखालमा यात्रुबाहक बस दुर्घटना हुँदा ८ जना घाइते : Icon Khabar

काठमाडौं, असार ११ । काभ्रेको पाँचखालमा बुधबार यात्रुबाहक बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

अरनि राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका-६, हनुमानगढीमा बा २ ख ३२६५ नम्बरको बस अनियन्त्रित भई सडक छेउको नालीमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरूको उद्धार गरी उपचारका लागि पाँचखाल पोलिक्लिनिक पठाइएको छ । प्रहरीका अनुसार काठमाडौंबाट मेलम्ची तर्फ जाँदै गरेको उक्त बसमा ३५ जना यात्रु सवार थिए ।

बस चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-७ का ३० वर्षीय मनोज बराईली पाँचखाल प्रहरी चौकीको नियन्त्रणमा रहेको र दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सामान्य उपचारपछि सबै घाइतेहरूको डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।

Published Date: 25 June 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै