भक्तपुरमा हुने अन्तरनगर पुरुष खो खो प्रतियोगिताबारे पत्रकार भेटघाट कार्यक्रम

भक्तपुरमा हुने अन्तरनगर पुरुष खो खो प्रतियोगिताबारे पत्रकार भेटघाट कार्यक्रम : Icon Khabar

भक्तपुर, फागुन ३ । भक्तपुर नगरपालिकाको आयोजनामा २०७९ फागुन ५ गतेदेखि ९ गतेसम्म हुने अन्तरनगर पुरुष खो खो प्रतियोगिताबारे बुधबार पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीहरुलाई खेलकुद प्रतियोगितामार्फत सक्रिय बनाउने उद्देश्यअनुरुप नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न विधामा विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको आयोजना गर्दै आइरहेको बताए।

भक्तपुरको पुरानो क्षेत्रलाई सांस्कृतिक क्षेत्र घोषणा गरी मौलिक शैलीमा घर निर्माण गर्ने नगरबासीहरुलाई आर्थिक अनुदान प्रदान गर्दै आइरहेको बताउँदै उनले भक्तपुरलाई जीवन्त नगर बनाउन नपा क्रियाशील रहेको बताए।

भक्तपुर नपाको आयोजनामा हुने अन्तरनगर पुरुष खो खो प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न सञ्चारमाध्यमहरुबाट सकारात्मक प्रचारप्रसार हुने विश्वास व्यक्त गर्दै उनले भक्तपुर नपाको शिक्षा, स्वास्थ्य, सरसफाईबारे भइरहेको सकारात्मक प्रचारलाई देशव्यापी मात्र नभई अन्तर्राष्ट्रिय जगतमा पनि प्रचार भइरहेको बताए।

प्रतियोगितामा बढीभन्दा बढी सहभागिता गराउन नपाले व्यापक प्रचारप्रसारलाई जोड दिँदै आएको बताउँदै प्रमुख प्रजापतिले भक्तपुरमा आन्तरिक पर्यटक बढाउने प्रयास जारी रहेको जानकारी दिए।

भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले अन्तरनगर पुरुष खो खो प्रतियोगिताबारे प्रेस विज्ञप्ति वाचन गर्दै भक्तपुर नपाले प्रतियोगितामा प्रथम हुने टीमलाई रु. १ लाख ५० हजार, दोस्रो हुनेलाई रु. १ लाख र तेस्रो हुनेलाई रु. ५० हजार नगद पुरस्कारको व्यवस्था गर्नुका साथै खेलमा सहभागी नगरपालिकाहरूलाई नगद रु. ५ हजार पुरस्कारको व्यवस्था गरिएको जानकारी गराए।

कार्यक्रममा विभिन्न सञ्चारमाध्यमबाट प्रतिनिधित्व गरेका पत्रकारहरुले प्रतियोगिताबारे जिज्ञासा व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 February 2023
Website | + posts




ताजा
कोशी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
आज शनिबारको राशिफल
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित