शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर : Icon Khabar

काठमाडौँ, असार ६ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ४६ पैसा र बिक्रीदर १३९ रुपियाँ ०६ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १५९ रुपियाँ र बिक्रीदर १५९ रुपियाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपियाँ ०४ पैसा र बिक्रीदर १८६ रुपियाँ ८५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपियाँ ३५ पैसा र बिक्रीदर १७० रुपियाँ ०८ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ६० पैसा र बिक्रीदर ८९ रुपियाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ०३ पैसा र बिक्रीदर १०१ रुपियाँ ४७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ५१ पैसा र बिक्रीदर १०७ रुपियाँ ९८ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ५१ पैसा र बिक्रीदर नौ रुपियाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ २६ पैसा र बिक्रीदर १९ रुपियाँ ३५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ९० पैसा र बिक्रीदर ३७ रुपियाँ ०६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ९८ पैसा र बिक्रीदर ३८ रुपियाँ १५ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २२ पैसा र बिक्रीदर चार रुपियाँ २४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ७० पैसा र बिक्रीदर ३७ रुपियाँ ८७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ५० पैसा र बिक्रीदर ३२ रुपियाँ ६४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०३ पैसा र बिक्रीदर १० रुपियाँ ०७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ३६ पैसा र बिक्रीदर १४ रुपियाँ ४३ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ३२ पैसा र बिक्रीदर २१ रुपियाँ ४१ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ६४ पैसा र बिक्रीदर १७ रुपियाँ ७१ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रुपियाँ ९५ पैसा र बिक्रीदर ४५३ रुपियाँ ९१ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपियाँ ०७ पैसा र बिक्रीदर ३६८ रुपियाँ ६६ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रुपियाँ ६१ पैसा र बिक्रीदर ३६१ रुपियाँ १७ पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

Published Date: 20 June 2025


ताजा
जीवनोपयोगी शिक्षाको उज्यालो बाटो: अक्सफोर्ड प्राक्टिकल इंग्लिश स्कुलको प्रेरणादायी यात्रा
आईपीएल: सञ्जु सामसनको विष्फोटक ब्याटिङ, दिल्लीमाथि चेन्नईको ८ विकेटको शानदार जित
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न