वीरगञ्ज भन्सार कार्यालयद्वारा एक खर्ब ५८ अर्ब ६० करोड ४३ लाख राजस्व संकलन

वीरगञ्ज भन्सार कार्यालयद्वारा एक खर्ब ५८ अर्ब ६० करोड ४३ लाख राजस्व संकलन : Icon Khabar

वीरगञ्ज, असार २ । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको एघार महिनामा एक खर्ब ५८ अर्ब ६० करोड ४३ लाख राजस्व संकलन गरेको छ । कार्यालयले सो अवधिमा कूल वार्षिक लक्ष्यको ७९ दशमलव प्रतिशत राजस्व संकलन गरेको हो ।

कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले आगामी आर्थिक वर्षको बजेटले उत्साह जगाएकाले पनि जेठ महिनामा राजस्व संकलन उत्साहप्रथ रहेको राससलाई जानकारी दिए । ‘‘विगत एघार महिनाको तथ्यांक केलाउदा जेठ महिनामा सबैभन्दा धेरै राजस्व संकलन भएको छ,’’ उनले भने, ‘‘राजस्व संकलनमा सबैभन्दा ठूलो हिस्सा पेट्रोलियम पदार्थ र सवारीसाधनको आयात रहेको छ ।’’

कार्यालयले साउनमा १२ अर्ब १५ करोड, भदौमा १३ अर्ब ४२ करोड, असोजमा १३ अर्ब ४७ करोड, कात्तिकमा ११ अर्ब १० करोड, मंसिरमा १४ अर्ब ४० करोड राजस्व संकलन गरेको थियो । त्यस्तै पुसमा १५ अर्ब ४७ करोड, माघमा १४ अर्ब ४४ करोड राजस्व संकलन गरेको थियो ।

यस्तै, फागुनमा १४ अर्ब ६३ करोड राजस्व संकलन गरेको छ भने चैतमा भने १५ अर्ब ४७ करोड राजस्व संकलन गरेको छ । वैशाखमा भने १५ अर्ब ७२ करोड राजस्व संकलन गरेको छ । जेठ महिनामा १८ अर्ब १८ करोड राजस्व संकलन गरेको छ ।

चालु आवको एघार महिनामध्ये जेठमा सबैभन्दा धेरै राजस्व संकलन भएको हो । भन्सार विभागले कार्यालयका लागि वार्षिक दुई खर्ब १८ अर्ब ९५ करोड रकम राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 June 2025
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने