वीरगञ्ज भन्सार कार्यालयद्वारा एक खर्ब ५८ अर्ब ६० करोड ४३ लाख राजस्व संकलन

वीरगञ्ज भन्सार कार्यालयद्वारा एक खर्ब ५८ अर्ब ६० करोड ४३ लाख राजस्व संकलन : Icon Khabar

वीरगञ्ज, असार २ । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको एघार महिनामा एक खर्ब ५८ अर्ब ६० करोड ४३ लाख राजस्व संकलन गरेको छ । कार्यालयले सो अवधिमा कूल वार्षिक लक्ष्यको ७९ दशमलव प्रतिशत राजस्व संकलन गरेको हो ।

कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले आगामी आर्थिक वर्षको बजेटले उत्साह जगाएकाले पनि जेठ महिनामा राजस्व संकलन उत्साहप्रथ रहेको राससलाई जानकारी दिए । ‘‘विगत एघार महिनाको तथ्यांक केलाउदा जेठ महिनामा सबैभन्दा धेरै राजस्व संकलन भएको छ,’’ उनले भने, ‘‘राजस्व संकलनमा सबैभन्दा ठूलो हिस्सा पेट्रोलियम पदार्थ र सवारीसाधनको आयात रहेको छ ।’’

कार्यालयले साउनमा १२ अर्ब १५ करोड, भदौमा १३ अर्ब ४२ करोड, असोजमा १३ अर्ब ४७ करोड, कात्तिकमा ११ अर्ब १० करोड, मंसिरमा १४ अर्ब ४० करोड राजस्व संकलन गरेको थियो । त्यस्तै पुसमा १५ अर्ब ४७ करोड, माघमा १४ अर्ब ४४ करोड राजस्व संकलन गरेको थियो ।

यस्तै, फागुनमा १४ अर्ब ६३ करोड राजस्व संकलन गरेको छ भने चैतमा भने १५ अर्ब ४७ करोड राजस्व संकलन गरेको छ । वैशाखमा भने १५ अर्ब ७२ करोड राजस्व संकलन गरेको छ । जेठ महिनामा १८ अर्ब १८ करोड राजस्व संकलन गरेको छ ।

चालु आवको एघार महिनामध्ये जेठमा सबैभन्दा धेरै राजस्व संकलन भएको हो । भन्सार विभागले कार्यालयका लागि वार्षिक दुई खर्ब १८ अर्ब ९५ करोड रकम राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको छ ।

Published Date: 16 June 2025




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न