आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा

आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा : Icon Khabar

काठमाडौं, असार २ । नेपाल राष्ट्र बैंकले आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा ल्याएको छ । बैंकले सावर्जनिक सुचना जारी गर्दै आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा ल्याएको जनाएको हो ।

‘साविककै आकार तथा रङ्गमा सङ्केत नं. ०००००१ देखि , ९९९९९९ सम्म, ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकवाट रुपैयाँ १० रुपैयाँ दश तुरुन्त पाइने छ ।’ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहित नयाँ नोट प्रचलनमा ल्याउन ल्याइएको राष्ट्र बैंकले सुचनामार्फत जनाएको छ ।

नयाँ नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानीछाप रहेको छ । नोटमा गभर्नरको दस्तखत रहने स्थानमा तत्कालिन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ । नोटका तल्लो भागको बोर्डरमा नोटको क्रम नम्बर नेपालीमा वि.स. २०८१ लिखिएको हुनेछ ।

त्यसैगरी नोटको पृष्ठ भागमा भने नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको हुनेछ । मध्य भागमा कृष्णसारको चित्र रहेको हुनेछ, तल्लो भागको बोर्डरमा अंग्रेजीमा दश रुपैयाँ लेखिएको हुनेछ । नोटको तल्लो भागको बोर्डरमा नोटको क्रम सङ्ख्या अंग्रेजीमा सन् २०२४ मा लेखिएको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 June 2025
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने