बासी सडेगलेका झिँगा भन्केका खानेकुरा नखान स्वास्थ्य मन्त्रालयलको आग्रह

बासी सडेगलेका झिँगा भन्केका खानेकुरा नखान स्वास्थ्य मन्त्रालयलको आग्रह : Icon Khabar

काठमाडौँ, जेठ २८ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बासी सडेगलेका झिँगा भन्केका खानेकुरा नखान आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

गर्मी तथा वर्षायामसँगै झाडापखाला तथा हैजा जस्ता पानीजन्य रोग फैलने हुँदा यस्ता रोगबाट बच्न बासी सडेगलेका झिँगा भन्केका खानेकुरा नखान मन्त्रालयले आग्रह गरेको हो ।

काँचै खान मिल्ने फलफूल तथा तरकारी शुद्धीकरण गरेका पानी प्रयोग गरी राम्रोसँग सफा गरेर मात्र खान मन्त्रालयको अनुरोध छ ।खानेकुरा र पानीलाई राम्ररी छोपेर राख्न।, भान्सा व्यवस्थित र सफा राख्न, राम्रोसँग पाकेको खानेकुरा मात्रै खान।, भाँडाकुँडालाई राम्रोसँग भित्रबाहिर सफा गर्न मन्त्रालयको सुझाव छ । त्यस्तै, मन्त्रालयले खाना पकाउनु र पस्कनु अघि साबुन पानीले राम्रोसँग हात धुन, बच्चालाई खाना खुवाउने भाँडा ( दुधदानी, चम्चा, कचौरा ) निर्मलीकरण गर्न आग्रह गरेको छ ।

Published Date: 11 June 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु