बासी सडेगलेका झिँगा भन्केका खानेकुरा नखान स्वास्थ्य मन्त्रालयलको आग्रह

बासी सडेगलेका झिँगा भन्केका खानेकुरा नखान स्वास्थ्य मन्त्रालयलको आग्रह : Icon Khabar

काठमाडौँ, जेठ २८ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बासी सडेगलेका झिँगा भन्केका खानेकुरा नखान आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

गर्मी तथा वर्षायामसँगै झाडापखाला तथा हैजा जस्ता पानीजन्य रोग फैलने हुँदा यस्ता रोगबाट बच्न बासी सडेगलेका झिँगा भन्केका खानेकुरा नखान मन्त्रालयले आग्रह गरेको हो ।

काँचै खान मिल्ने फलफूल तथा तरकारी शुद्धीकरण गरेका पानी प्रयोग गरी राम्रोसँग सफा गरेर मात्र खान मन्त्रालयको अनुरोध छ ।खानेकुरा र पानीलाई राम्ररी छोपेर राख्न।, भान्सा व्यवस्थित र सफा राख्न, राम्रोसँग पाकेको खानेकुरा मात्रै खान।, भाँडाकुँडालाई राम्रोसँग भित्रबाहिर सफा गर्न मन्त्रालयको सुझाव छ । त्यस्तै, मन्त्रालयले खाना पकाउनु र पस्कनु अघि साबुन पानीले राम्रोसँग हात धुन, बच्चालाई खाना खुवाउने भाँडा ( दुधदानी, चम्चा, कचौरा ) निर्मलीकरण गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 June 2025
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न