आइब्रो थ्रेडिङ गर्नुहुन्छ ? यी सावधानी अपनाउनुस

आइब्रो थ्रेडिङ गर्नुहुन्छ ? यी सावधानी अपनाउनुस : Icon Khabar

काठमाडौं, जेठ २६ । सौन्दर्यको लागि महिलाहरूले अपनाउने आम प्रक्रियामध्ये एक हो आइब्रो थ्रेडिङ । यद्यपि, यो प्रकृया स्वास्थ्यका लागि जोखिमपूर्ण बन्न सक्ने एउटा अध्ययनले देखाएको छ ।

यदि तपाईं पनि हरेक १५–२० दिनमा पार्लर पुगेर आइब्रो थ्रेडिङ गराउँदै आउनु भएको छ भने अब एकपटक यसबाट हुने हानी नोक्सानी बारे जान्नु पर्छ ।

अनावश्यक रौँ हटाउने उपायका रूपमा रेजर वा वाक्सिङ जस्तै अनुहारको सौन्दर्य निखार्न महिलाहरूले आइब्रो थ्रेडिङलाई प्राथमिकता दिने गरेका छन् । यद्यपि, यो प्रक्रिया सजिलो र छिटो भए पनि यसका गम्भीर नतिजा देखिन सक्छन् ।

आइब्रो थ्रेडिङले पार्न सक्ने असरहरू

छालामा जलन
संवेदनशील छालामा बारम्बार थ्रेडिङ गर्दा जलन हुने सम्भावना उच्च हुन्छ । यस्तो अवस्थामा छाला रातो देखिन सक्छ वा चिलाउने अनुभव हुन सक्छ ।

पिम्पल्स तथा फोका
थ्रेडिङपछि खुला रहने छालाका पोर्सबाट धूलो वा ब्याक्टेरिया छालामा प्रवेश गर्न सक्छन्, जसले गर्दा पिम्पल्स र साना घाउ अथवा फोकाहरु आउन सक्छन् ।

चाँडो बुढ्यौलीको संकेत
कम उमेरमै थ्रेडिङ गर्न थाल्ने युवतीहरूमा चाउरी देखा पर्न थालेको विशेषज्ञहरू बताउँछन् । पटक–पटक तानेको छालामा लचिलोपन हराउँदै जान्छ, जसले बुढ्यौलीको संकेत चाँडै देखिन सक्छ ।

सन बर्नको खतरा
थ्रेडिङपछि खुला पोर्स भएका छालामा घाम परेमा सनबर्नको खतरा बढ्छ । त्यसैले थ्रेडिङपछि अनिवार्य रूपमा सनस्क्रिन लगाउन सल्लाह दिइन्छ ।

त्यसैले सधैं अनुभवी र प्रोफेसनल व्यक्ति बाट मात्र थ्रेडिङ गराउनुहोस्। प्रयोग गरिने धागो सफा र उच्च गुणस्तरीय छ कि छैन त्यो पनि ध्यान दिन आवश्यक छ ।

थ्रेडिङपछि के गर्ने ?

थ्रेडिङपछि छाला चिलाउने अथवा रातो हुने समस्या भएमा एलोभेरा जेल प्रयोग गर्नु पर्छ । यसले छालामा शीतलता ल्याउने र एलर्जी वा संक्रमणबाट जोगाउने काम गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 June 2025
Website | + posts










ताजा
भक्तपुरमा सम्भावित विपद्को क्षेत्रहरूको पहिचान गरी तयारी अवस्थामा रहन निर्देशन
‘आयोडिनयुक्त नुन (उत्पादन तथा विक्री वितरण) ऐन २०५५’ कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
बिहीबार नेप्से परिसूचक ३.७६ अंकले बढ्यो
सरकारले टेलिग्राम बन्द गरे पनि काठमाडौंस्थित रूसी दूतावासले भने गर्यो प्रयोग










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट