आइब्रो थ्रेडिङ गर्नुहुन्छ ? यी सावधानी अपनाउनुस

आइब्रो थ्रेडिङ गर्नुहुन्छ ? यी सावधानी अपनाउनुस : Icon Khabar

काठमाडौं, जेठ २६ । सौन्दर्यको लागि महिलाहरूले अपनाउने आम प्रक्रियामध्ये एक हो आइब्रो थ्रेडिङ । यद्यपि, यो प्रकृया स्वास्थ्यका लागि जोखिमपूर्ण बन्न सक्ने एउटा अध्ययनले देखाएको छ ।

यदि तपाईं पनि हरेक १५–२० दिनमा पार्लर पुगेर आइब्रो थ्रेडिङ गराउँदै आउनु भएको छ भने अब एकपटक यसबाट हुने हानी नोक्सानी बारे जान्नु पर्छ ।

अनावश्यक रौँ हटाउने उपायका रूपमा रेजर वा वाक्सिङ जस्तै अनुहारको सौन्दर्य निखार्न महिलाहरूले आइब्रो थ्रेडिङलाई प्राथमिकता दिने गरेका छन् । यद्यपि, यो प्रक्रिया सजिलो र छिटो भए पनि यसका गम्भीर नतिजा देखिन सक्छन् ।

आइब्रो थ्रेडिङले पार्न सक्ने असरहरू

छालामा जलन
संवेदनशील छालामा बारम्बार थ्रेडिङ गर्दा जलन हुने सम्भावना उच्च हुन्छ । यस्तो अवस्थामा छाला रातो देखिन सक्छ वा चिलाउने अनुभव हुन सक्छ ।

पिम्पल्स तथा फोका
थ्रेडिङपछि खुला रहने छालाका पोर्सबाट धूलो वा ब्याक्टेरिया छालामा प्रवेश गर्न सक्छन्, जसले गर्दा पिम्पल्स र साना घाउ अथवा फोकाहरु आउन सक्छन् ।

चाँडो बुढ्यौलीको संकेत
कम उमेरमै थ्रेडिङ गर्न थाल्ने युवतीहरूमा चाउरी देखा पर्न थालेको विशेषज्ञहरू बताउँछन् । पटक–पटक तानेको छालामा लचिलोपन हराउँदै जान्छ, जसले बुढ्यौलीको संकेत चाँडै देखिन सक्छ ।

सन बर्नको खतरा
थ्रेडिङपछि खुला पोर्स भएका छालामा घाम परेमा सनबर्नको खतरा बढ्छ । त्यसैले थ्रेडिङपछि अनिवार्य रूपमा सनस्क्रिन लगाउन सल्लाह दिइन्छ ।

त्यसैले सधैं अनुभवी र प्रोफेसनल व्यक्ति बाट मात्र थ्रेडिङ गराउनुहोस्। प्रयोग गरिने धागो सफा र उच्च गुणस्तरीय छ कि छैन त्यो पनि ध्यान दिन आवश्यक छ ।

थ्रेडिङपछि के गर्ने ?

थ्रेडिङपछि छाला चिलाउने अथवा रातो हुने समस्या भएमा एलोभेरा जेल प्रयोग गर्नु पर्छ । यसले छालामा शीतलता ल्याउने र एलर्जी वा संक्रमणबाट जोगाउने काम गर्छ।

Published Date: 09 June 2025


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु