कण्डमको प्रयोग किन गर्न आवश्यक छ ?

कण्डमको प्रयोग किन गर्न आवश्यक छ ? : Icon Khabar

काठमाडौँ, जेठ २२ । परिवार नियोजनको अस्थायी साधन कण्डम यौन रोग सर्नबाट बचाउने भरपर्दो साधन हो । कन्डम मात्र एउटा यस्तो साधन हो जसले गर्भवती हुन र यौनजन्य सङ्क्रमण जस्तैस एचआईभी. र धेरै यौनरोगहरू सर्नबाट रोक्दछ ।

कन्डम पुरुषको उत्तेजित लिङ्गमा लगाउने परिवार नियोजनको साधन हो । यो सजिलै पाउन सकिन्छ । आजकल बजारमा पुरुषले प्रयोग गर्ने कण्डमका अलावा महिलाले प्रयोग गर्ने महिला कण्डम पनि उपलब्ध भइसकेका छ ।

कण्डम हरेक औषधी पसल सजिलै पाउने गर्दछ । साथै सरकारी स्वास्थ्य चौकीहरूमा निःशुल्क प्राप्त गर्न सकिन्छ । कन्डममा कुनै हर्मोन नहुने हुदा यसले शरीरमा कुनै असर पार्दैन । कण्डमले सहवासको बेलामा पुरुषको वीर्य यसमै जम्मा हुने भएकाले महिलाको पाठेघरमा पुग्न पाउदैन र गर्भ रहनबाट रोक्ने गर्दछ । साथै यसले यौनरोग बाट समेत बचाउँछ ।

यस्ता छन् कण्डम प्रयोगको फाइदा
– यसको प्रयोगले सुरक्षित यौन सम्पर्क राख्न सकिन्छ ।
– अनिच्छित गर्भधारण हुनबाट बचाउँछ ।
– सस्तो, सुलभ र सहज पाइने भएकाले यो कम खर्चिलो अस्थायी साधन हो ।
– यसलाई प्रयोग गर्न सजिलो हुन्छ ।
– एचआईभी एड्स लगायतका यौनरोग सर्ने संभावना हुदैन ।

कण्डम प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा
– एक पटकमा प्रयोग गरेको कण्डम दोहोर्याएर प्रयोग नगर्ने ।
– एकै पटकमा दुईवटा कण्डमको समेत प्रयोग नगर्ने ।
– यौन सम्पर्कको समयमा कण्डम फुट्ने संभावना हुदाँ सहि तरीकाले प्रयोग गर्ने ।
– उत्तेजित लिंगमा मात्र कण्डमलाई प्रयोग गर्ने ।
– प्रयोग गरिसकेपछि कण्डमलाई माटो मुनि गाड्ने वा जलाउने ।

Published Date: 05 June 2025








ताजा
कटुन्जेको मनोरम स्कूलमा यहि वैशाख १२ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
भक्तपुरको मालपोत कार्यालयमा सेवा प्रवाहमा अवरोध पुर्‍याउने ११ जना पक्राउ
मुगुको रारा ताल: प्रकृतिको अनुपम उपहार
तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाह मातहतमै रहने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा