कण्डमको प्रयोग किन गर्न आवश्यक छ ?

कण्डमको प्रयोग किन गर्न आवश्यक छ ? : Icon Khabar

काठमाडौँ, जेठ २२ । परिवार नियोजनको अस्थायी साधन कण्डम यौन रोग सर्नबाट बचाउने भरपर्दो साधन हो । कन्डम मात्र एउटा यस्तो साधन हो जसले गर्भवती हुन र यौनजन्य सङ्क्रमण जस्तैस एचआईभी. र धेरै यौनरोगहरू सर्नबाट रोक्दछ ।

कन्डम पुरुषको उत्तेजित लिङ्गमा लगाउने परिवार नियोजनको साधन हो । यो सजिलै पाउन सकिन्छ । आजकल बजारमा पुरुषले प्रयोग गर्ने कण्डमका अलावा महिलाले प्रयोग गर्ने महिला कण्डम पनि उपलब्ध भइसकेका छ ।

कण्डम हरेक औषधी पसल सजिलै पाउने गर्दछ । साथै सरकारी स्वास्थ्य चौकीहरूमा निःशुल्क प्राप्त गर्न सकिन्छ । कन्डममा कुनै हर्मोन नहुने हुदा यसले शरीरमा कुनै असर पार्दैन । कण्डमले सहवासको बेलामा पुरुषको वीर्य यसमै जम्मा हुने भएकाले महिलाको पाठेघरमा पुग्न पाउदैन र गर्भ रहनबाट रोक्ने गर्दछ । साथै यसले यौनरोग बाट समेत बचाउँछ ।

यस्ता छन् कण्डम प्रयोगको फाइदा
– यसको प्रयोगले सुरक्षित यौन सम्पर्क राख्न सकिन्छ ।
– अनिच्छित गर्भधारण हुनबाट बचाउँछ ।
– सस्तो, सुलभ र सहज पाइने भएकाले यो कम खर्चिलो अस्थायी साधन हो ।
– यसलाई प्रयोग गर्न सजिलो हुन्छ ।
– एचआईभी एड्स लगायतका यौनरोग सर्ने संभावना हुदैन ।

कण्डम प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा
– एक पटकमा प्रयोग गरेको कण्डम दोहोर्याएर प्रयोग नगर्ने ।
– एकै पटकमा दुईवटा कण्डमको समेत प्रयोग नगर्ने ।
– यौन सम्पर्कको समयमा कण्डम फुट्ने संभावना हुदाँ सहि तरीकाले प्रयोग गर्ने ।
– उत्तेजित लिंगमा मात्र कण्डमलाई प्रयोग गर्ने ।
– प्रयोग गरिसकेपछि कण्डमलाई माटो मुनि गाड्ने वा जलाउने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 June 2025
Website | + posts




ताजा
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने
नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शनमा आउने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता