लाइसेन्स छपाइ कार्य तीन दिन बन्द हुने

लाइसेन्स छपाइ कार्य तीन दिन बन्द हुने : Icon Khabar

काठमाडौं, जेठ २५ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्य तीन दिन बन्द हुने भएको छ ।

यातायात व्यवस्था विभागले सोमबार सूचना जारी गर्दै २७ जेठदेखि २९ जेठसम्म लाइसेन्स छपाइ कार्य बन्द हुने जनाएको छ ।

तीन दिन लाइसेन्स छपाइ कार्य बन्द गरेर स्मार्ट कार्ड प्रिन्टर मर्मत गरिने विभागको सूचनामा उल्लेख छ ।

‘…यस विभागको स्मार्ट कार्ड प्रिन्टर मर्मत गर्नुपर्ने भएकाले अत्यावश्यक सवारी चालक अनुमतिपत्र छपाइ कार्य बन्द हुने हुँदा उक्त अवधिमा अत्यावश्यक सवारी चालक अनुमतिपत्र आवश्यक पर्ने सेवाग्राहीले मिति २०८२ । ०२ । २५ गते अगावै निवेदन बुझाइ एप्रुभ भएको समेत यकिन गर्नुहुन सम्बन्धित सबैमा अनुरोध गर्दछौं,’ सूचनामा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 June 2025
Website | + posts




ताजा
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता