लाइसेन्स छपाइ कार्य तीन दिन बन्द हुने

लाइसेन्स छपाइ कार्य तीन दिन बन्द हुने : Icon Khabar

काठमाडौं, जेठ २५ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्य तीन दिन बन्द हुने भएको छ ।

यातायात व्यवस्था विभागले सोमबार सूचना जारी गर्दै २७ जेठदेखि २९ जेठसम्म लाइसेन्स छपाइ कार्य बन्द हुने जनाएको छ ।

तीन दिन लाइसेन्स छपाइ कार्य बन्द गरेर स्मार्ट कार्ड प्रिन्टर मर्मत गरिने विभागको सूचनामा उल्लेख छ ।

‘…यस विभागको स्मार्ट कार्ड प्रिन्टर मर्मत गर्नुपर्ने भएकाले अत्यावश्यक सवारी चालक अनुमतिपत्र छपाइ कार्य बन्द हुने हुँदा उक्त अवधिमा अत्यावश्यक सवारी चालक अनुमतिपत्र आवश्यक पर्ने सेवाग्राहीले मिति २०८२ । ०२ । २५ गते अगावै निवेदन बुझाइ एप्रुभ भएको समेत यकिन गर्नुहुन सम्बन्धित सबैमा अनुरोध गर्दछौं,’ सूचनामा भनिएको छ ।

Published Date: 04 June 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै