काठमाडौँ, जेठ १८ । संयुक्त जनआन्दोलन समितिद्वारा भोलि जेठ १९ गते काठमाडौँ उपत्यका बन्द घोषणा गरेको छ।
काठमाडौँमा आज आयोजित आन्दोलनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई गरेको पक्राउ अमानविय भएको भन्दै यसको निन्दा स्वरूप भोलि उपत्यका बन्द घोषणा गरेको हो।
समितिका संयोजक नवराज सुवेदीले जारीगरेको विज्ञप्तिमा उल्लेख भए अनुसार समितिले संवैधानिक राज संस्था र सनातन हिन्दु अधिराज्य सहित बहुदलिय प्रजातन्त्रका पुनर्स्थापनाका लागि निरन्तर आन्दोलन गर्दै आएको छ।