कर्मचारीको तलब बढेन, महँगी भत्ता भने ५ हजार पुग्यो

कर्मचारीको तलब बढेन, महँगी भत्ता भने ५ हजार पुग्यो : Icon Khabar

काठमाडौँ, जेठ १५ । सरकारले स्रोतको अभाव देखाउँदै आगामी आर्थिक वर्षको बजेटमा कर्मचारीको तलब बढाएन । बिहीबार अर्थमन्त्री विष्णु पौडेलले संसद्‍मा बजेट पेस गर्दै महँगी भत्ता बढाए पनि स्रोत अभावले राष्ट्रसेवक कर्मचारीको तलब बढाउन नसकिएको बताएका हुन् ।

अर्थमन्त्री पौडेलले कर्मचारीले मासिक रूपमा पाउने महँगी भत्ता ५ हजार पुर्‍याइएको बताए । साउन १ गतेदेखि कर्मचारीले बढेको महँगी भत्ता पाउनेछन् ।

बहालवाला कर्मचारीले तलबबाहेक मासिक रूपमा महँगी भत्ताबापत २ हजार रुपैयाँ र वार्षिक रूपमा पोसाक भत्ता १० हजार रुपैयाँ पाउँदै आएका छन् ।

पछिल्लो पटक तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० मा कर्मचारीको तलब १५ प्रतिशतले बढाएका थिए ।

Published Date: 29 May 2025
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक