भक्तपुर, जेठ १३ । संगीत ग्राम गुरूकूल नेपाल प्रोजेक्ट ‘सुरिलो भक्तपुर’ भक्तपुरको प्रस्तुति “भक्तपुर दरबार म्युजिकल फेस्टिभल २०८२ ” हुने भएको छ।
यहि जेठ १८ गते आइतबार सिथि नखा: पर्वको दिन सो सांगीतिक कार्यक्रममा हुँदैछ। विभिन्न कलाकार, वाद्य वादक, गायक गायिकाहरुद्वारा प्रस्तुति दिइने सो कार्यक्रम भक्तपुर दरबार क्षेत्रमा अवस्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालयमा अपरान्हको ४ बजे हुन लागेको हो।
संगीत ग्राम गुरूकूल नेपालले सांस्कृतिक संगीत, मौलिक संगीत, लोक संगीत, फ्युजन संगीत, शास्त्रीय संगीत तथा नयाँ युवा पुस्ताका मौलिक गीत संगीत सम्वर्द्वन, प्रवर्द्वन र प्रदर्शन गर्ने हेतुले सो कार्यक्रम आयोजना गर्न लागेको हो।
कार्यक्रममा आइकन खबर डटकम अनलाइन मिडिया पार्टनरको रूपमा रहेको छ। उक्त कार्यक्रममा सहभागी हुन कुनै शुल्क नलाग्ने संगीत ग्राम गुरूकूल नेपालका अध्यक्ष सुनिल लोहलाले आइकन खबरलाई जनाकारी दिए।
Published Date: 27 May 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1