गभर्नर विश्वनाथ पौडेलविरूद्ध सर्वोच्च अदालतमा रिट दायर

गभर्नर विश्वनाथ पौडेलविरूद्ध सर्वोच्च अदालतमा रिट दायर : Icon Khabar

काठमाडौँ, जेठ १३ । गभर्नर विश्वनाथ पौडेलविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

मंगलबार अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले दिएको रिट दर्ता भएको हो। यसको पेसी बुधबारका लागि तोकिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, गभर्नर सिफारिस समिति, नेपाल राष्ट्र बैंक र पौडेललाई विपक्षी बनाएर रिट दर्ता भएको हो।

पौडेलको योग्यतामाथि प्रश्न गर्दै रिट दायर भएको हो।

यस्तै उनले नोटमा हस्ताक्षर गर्ने भएकाले त्यसलाई समेत रोक्न अन्तरिम आदेश माग गरिएको छ।

अधिवक्ता थापा र उप्रेतीले यसअघि पनि सर्वोच्चमा रिट दायर गरेका थिए। तर समाचारमा आएकै भरमा पौडेललाई गभर्नर बनाउन लागिएको विषयमा रिट ल्याएको भन्दै सर्वोच्च प्रशासनले दरपीठ गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 May 2025
Website | + posts


ताजा
इम्बोस्ड नम्बर प्लेट असोज १ गतेदेखि जडान नगरे पनि कारबाही नहुने: यातायात विभाग
भक्तपुरमा अहिले अपरान्ह चोथा पर्व मनाइदै
वीरगञ्जमा हैजा समुदायस्तरमा फैलिरहेको संकेत
सार्वजनिक यातायात केन्द्रीय महासंघद्वारा इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आह्वान


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू