भारत बन्यो विश्वकै चौथो ठुलो अर्थतन्त्र भएको मुलुक

भारत बन्यो विश्वकै चौथो ठुलो अर्थतन्त्र भएको मुलुक : Icon Khabar

काठमाडौँ, जेठ १२ । छिमेकी मुलुक भारत विश्वकै चौथो ठुलो अर्थतन्त्र भएको मुलुक बनेको छ । यसअघि चौथो स्थानमा रहेको जापानलाई पछि पारेर भारतले उक्त स्थान लिएको भारतको नीति आयोगका प्रमुख कार्यकारी बिभिआर सुब्रह्मण्यमले बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

नीति आयोगको दसौँ बैठकमा सुब्रह्मण्यमले अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार भारतीय अर्थतन्त्र विश्वकै चौथो ठुलो भएको उल्लेख गरेको समाचार एजेन्सी पे्रस ट्रस्ट अफ इन्डिया (पिटिआई) ले उद्धृत गरेको हो ।

पिटिआईका अनुसार भारतीय अर्थतन्त्रको आकार चालु आर्थिक वर्ष (२०२५) मा ४१ खर्ब ८७ अर्ब डलर पुगेको सुब्रह्मण्यमले उल्लेख गर्नुभएको छ । भारतभन्दा अघि ४७ खर्ब ४० अर्ब डलरसहित जर्मन तेस्रो, १९२ खर्ब ३० अर्ब डलरसहित चीन दोस्रो र ३०५ खर्ब १० अर्ब डलरसहित संयुक्त राज्य अमेरिका पहिलो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 May 2025
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन