भारत बन्यो विश्वकै चौथो ठुलो अर्थतन्त्र भएको मुलुक

भारत बन्यो विश्वकै चौथो ठुलो अर्थतन्त्र भएको मुलुक : Icon Khabar

काठमाडौँ, जेठ १२ । छिमेकी मुलुक भारत विश्वकै चौथो ठुलो अर्थतन्त्र भएको मुलुक बनेको छ । यसअघि चौथो स्थानमा रहेको जापानलाई पछि पारेर भारतले उक्त स्थान लिएको भारतको नीति आयोगका प्रमुख कार्यकारी बिभिआर सुब्रह्मण्यमले बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

नीति आयोगको दसौँ बैठकमा सुब्रह्मण्यमले अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार भारतीय अर्थतन्त्र विश्वकै चौथो ठुलो भएको उल्लेख गरेको समाचार एजेन्सी पे्रस ट्रस्ट अफ इन्डिया (पिटिआई) ले उद्धृत गरेको हो ।

पिटिआईका अनुसार भारतीय अर्थतन्त्रको आकार चालु आर्थिक वर्ष (२०२५) मा ४१ खर्ब ८७ अर्ब डलर पुगेको सुब्रह्मण्यमले उल्लेख गर्नुभएको छ । भारतभन्दा अघि ४७ खर्ब ४० अर्ब डलरसहित जर्मन तेस्रो, १९२ खर्ब ३० अर्ब डलरसहित चीन दोस्रो र ३०५ खर्ब १० अर्ब डलरसहित संयुक्त राज्य अमेरिका पहिलो स्थानमा रहेको छ ।

Published Date: 26 May 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै