लोकेश्वर साकोसमा छलफल तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न

लोकेश्वर साकोसमा छलफल तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, जेठ ११ । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा सहकारी ऐन, नियमावली तथा राष्ट्र बैकको निर्देशन र मापदण्ड सम्बन्धी छलफल कर्यक्रम सम्पन्न भयो।

कार्यक्रममै संस्था नगरस्तरीय उत्कृष्ट व्यवसाय पुरस्कार र ६८औं सहकारी दिवसको प्रभातफेरि र्‍यालीमा उत्कृष्ट सहभागीता पुरस्कारबाट सम्मानित भएको अवसरमा धन्यवाद ज्ञापन कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वागमती प्रदेश सभा सदस्य सृजना सैंजुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

प्रमुख अतिथि सैंजुले सहकारी संस्था समाजको अभिन्न अ·को रुपमा विकास भइरहेकोले सहकारीबाट सुव्यवस्थित एवं समुन्नत समाज निर्माणमा अहम भूमिका खेल्नु पर्ने बताईन्। भक्तपुरको विभिन्न आन्दोलनमध्ये सहकारी आन्दोलनको छुट्टै महत्व रहेको र त्यस्तो आन्दोलन महिला सहभागीताले सफल भएको चर्चा गर्दै नेतृत्वतहमा महिला पुग्नु पर्ने औल्याईन्।

उनले समाजवादी देशमा सहकारी आन्दोलनको अन्तर्राष्ट्रिय घटनाक्रमहरुको चर्चा गर्दै लेनिन र माओ त्सेतु·बाट ती देशमा नेतृत्वतहले गरेका संघर्षबाट हामीले सिक्नुपर्ने बताईन्। उनले सहकारी र बैंकको भिन्नतालाई औल्याउ“दै बैंक पू“जीपती वर्गको हितको लागि र सहकारी गरिव तथा शोषित पिडित वर्गको हितको लागि संचालन गर्ने बताईन्। तसर्थ समाजवादी राष्ट्र निर्माणका साथै समाजको व्यापक एवं चौतार्फी हितका लागि नै सहकारी संस्था संचालन हुनुपर्ने कुरा स्पष्ट पारीन्।

कार्यक्रममा भक्तपुर नगरपालिका २ वडाका वडा अध्यक्ष हरिप्रसाद बासुकला, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजु, भनपा वडा नं. २ का वडा सदस्य एवं संस्थाका संस्थापक अध्यक्ष श्यामसुन्दर मातांलेले पनि आ आफ्नो मन्तव्य ब्यक्त गरेका थिए।

संस्थाका अध्यक्ष राजन जतिले संस्थाले स्थापनाकाल देखि नै सदस्य केन्द्रीत विभिन्न शीपमूलक तालिम, प्रशिक्षण कार्यक्रम तथा गोष्ठि, अध्ययन अवलोकन भ्रमण र सांस्कृतिक बाजागाजा तथा नृत्यको प्रशिक्षण, समुदाय लक्षित सचेतनामूलक विभिन्न गतिविधिहरु संचालन गर्दै आएको कुरा बताए।

उनले सरकार र राष्ट्र बैंकबाट जारी निर्देशन समुदायमा आधारित सहकारीको हित विपरित रहेको औल्याउदै ऐन नियमावली संशोधनको माग गरे । संस्थाले विभिन्न सहकारीहरुमा देखिएको समस्याहरुको मिहिन विश्लेषण गर्दै सदस्यहरुले सहकारी चिनेर समुदायमा आधारित सहकारीमा मात्र आफ्नो बचत जम्मा गर्नुपर्ने बताए।

संस्थाका अध्यक्ष राजन जतिको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा संस्थाका सचिव राजु छुकां र प्रबन्धक प्रशान्त मानन्धरले पनि बोलेका थिए।

Published Date: 25 May 2025






ताजा
मध्य इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प
२० निर्माण कम्पनीहरुलाई सरकारले माग्यो सात दिन भित्र लिखित स्पष्टीकरण
फिफा विश्वकप २०२६: साउदी अरबको दमदार प्रदर्शन, उरुग्वे बराबरीमा रोकियो
पश्चिमी न्यून चापीय रेखाको प्रभाव जारी, पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न