आइतबार सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढ्यो

आइतबार सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, जेठ ११ । घरेलु बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १४ सय रुपैयाँले बढेको छ ।

यो वृद्धिसँगै आज सुनको कारोबार प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार भने एक तोला सुनको मूल्य १ लाख ९० हजार ४ सय कायम थियो । उक्त दिन सुनको मूल्य ११ सयले घटेको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Published Date: 25 May 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु