साँगाको झोलुगें पुलनजिकै सुख्खा पहिरो खस्दा एक जना घाइते

साँगाको झोलुगें पुलनजिकै सुख्खा पहिरो खस्दा एक जना घाइते : Icon Khabar

भक्पुर, जेठ ११ । सुर्यविनायक नगरपालिका-१० झोलुंगे पुल नजिकै सडक विस्तारको क्रममा माथिबाट सुख्खा पहिरो खस्दा एक जना घाइते भएका छन्।

घाइते हुनेमा बर्दिया बारबर्दिया नगरपालिका-५ घर भइ हाल भक्तपुर पलासे बस्ने ५२ वर्षीय तुलारा थारू रहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डिएसपी ढुन्डीराज न्यौपानेले जानकारी दिए।

‘पुल मुनि सडक विस्तारको काम भइरहेको छ। काम गरिरहेको अवस्थामा पहिरो खसेको जानकारी आएको छ,’ उनले भने।

उनलाई उपचारका लागि नगर अस्पताल सुर्यविनायक लगिएको छ। पुलाराको माथिपट्टिको दुईवटा दाँत भाँचिएको डिएसपी न्यौपानेले बताए।

Published Date: 25 May 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु