भक्तपुरको न: पुखुमा यहि जेठ १६ र १७ गते घरेलु उत्पादन मेला हुने

भक्तपुरको न: पुखुमा यहि जेठ १६ र १७ गते घरेलु उत्पादन मेला हुने : Icon Khabar

भक्तपुर, जेठ ६ । भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजनामा यहि जेठ १६ र १७ गते भक्तपुरमा घरेलु उत्पादन मेला हुने भएको छ ।

भक्तपुरको न: पुखु परिसरमा हुन लागेको सो घरेलु मेलाको मुख्य उद्वेश्य भक्तपुरमा रहेका घरेलु उद्योगको संरक्षण तथा पर्यटन प्रवर्द्धन रहेको छ ।

सो मेलामा भक्तपुरका रैथाने उत्पादनहरू काष्ठकला, हस्तकला, ख्वप बजी, जु जु धौँ, घरबुना कपडा बुनााई, माटाका भाडाहरू, धातुकला लगायत अन्य घरेलु उत्पादनका सामानहरु र नेवारी खानाको परिकारहरु पनि उपलब्ध हुनेछ।

उक्त दुई दिन बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सो मेला संचालन हुने संघले आइकन खबरलाई जानकारी गराएको छ। मेलालाई सफल बनाउन उद्योग तथा वाणिज्य कार्यालय भक्तपुर र गो लोकलले भूमिका निभाउन लागेको हो।

Published Date: 20 May 2025


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर