भक्तपुरको न: पुखुमा यहि जेठ १६ र १७ गते घरेलु उत्पादन मेला हुने

भक्तपुरको न: पुखुमा यहि जेठ १६ र १७ गते घरेलु उत्पादन मेला हुने : Icon Khabar

भक्तपुर, जेठ ६ । भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजनामा यहि जेठ १६ र १७ गते भक्तपुरमा घरेलु उत्पादन मेला हुने भएको छ ।

भक्तपुरको न: पुखु परिसरमा हुन लागेको सो घरेलु मेलाको मुख्य उद्वेश्य भक्तपुरमा रहेका घरेलु उद्योगको संरक्षण तथा पर्यटन प्रवर्द्धन रहेको छ ।

सो मेलामा भक्तपुरका रैथाने उत्पादनहरू काष्ठकला, हस्तकला, ख्वप बजी, जु जु धौँ, घरबुना कपडा बुनााई, माटाका भाडाहरू, धातुकला लगायत अन्य घरेलु उत्पादनका सामानहरु र नेवारी खानाको परिकारहरु पनि उपलब्ध हुनेछ।

उक्त दुई दिन बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सो मेला संचालन हुने संघले आइकन खबरलाई जानकारी गराएको छ। मेलालाई सफल बनाउन उद्योग तथा वाणिज्य कार्यालय भक्तपुर र गो लोकलले भूमिका निभाउन लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 May 2025
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता