मंगलबार नेप्से परिसूचक ५३ अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक ५३ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, जेठ ६ । सेयर बजारमा उत्साह देखिएको छ । मंगलबार नेप्से परिसूचक ५३ अंकले बढेर २६८१.३६ अंकमा आएको छ ।

७ अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।

आज ३ सय १० कम्पनीको १ करोड ६८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४१ करोड ८० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा राधी हाइड्रोपावर अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र र युनिर्भसल पावर कम्पनी परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 May 2025
Website | + posts