काठमाडौँको उत्तरपूर्वमा रहेको ऐतिहासिक कागेश्वरी महादेव मन्दिर (फोटो फिचर)

काठमाडौँको उत्तरपूर्वमा रहेको ऐतिहासिक कागेश्वरी महादेव मन्दिर (फोटो फिचर) : Icon Khabar

काठमाडौं, जेठ ४ । कागेश्वरी नेपालको राजधानी काठमाडौँको उत्तरपुर्वी कागेश्वरी मनहरा नगरपालिका वडा नं. १, पहिले (गागलफेदीगाविस)मा अवस्थित एक धार्मिक तथा पर्यटकीय स्थल हो ।

यस स्थललाई कागेश्वरी महादेव मन्दिरको नामले पनि चिनिन्छ । वर्षमा एक पटक भाद्र शुक्ल अष्टमिका दिन मेला लाग्ने यस तीर्थस्थलमा हजारौँ दर्शनार्थीहरु मेला हेर्न आउछन । प्राकृतिक मनमोहक दृश्यसंगै शास्त्रीय नृत्यमा ढ्याङ्ग्रो बजाई नाचगान गर्ने दृश्य झनै मनमोहक र सूचनाप्रद हुन्छ । ढ्याङ्ग्रो बजाई महादेवको पुजा गर्नेमा लामा, तामाङ जातिको विशेष सहभागिता रहन्छ । साथै स्थानिय नेवार जातिले पनि विभिन्न नाचको आयोजना गर्दछन ।

 

यस्तो सांस्कृतिक तथा धार्मिक महत्त्वको जात्रा अवलोकन गर्नका लागि साँखु, थली, जोरपाटी, सुन्दरीजल, नयाँपाटी, गागल, तथा भक्तपुर, ललितपुरबाट पनि दर्शनार्थीहरूको उल्लेखनीय उपस्थिति हुन्छ । यमराजको दुत कागले मान्छेलाई छुॅदा अशुभ हुने र त्यसबाट मुक्त हुन कागेश्वरी मन्दिरको पोखरीमा नुहाउनु पर्ने धार्मिक मान्यता रहेको छ । जात्राको समयमा सञ्चालन हुने विभिन्न शिविरले पनि व्यवस्थापनमा सहज वातावरण सिर्जना गर्छ ।

यस स्थलमा रहेको मन्दिरमा पुजा गर्दा तथा पोखरीमा नुहाउँदा पाप पखालिने र मुक्ति प्राप्त हुने जनविश्वास रहिआएको छ । जात्राको महत्त्वसंगै आर्थिक पक्ष पनि जोडिएको छ । समान खरिद बिक्रिका लागि पनि सहयोग पुग्दछ ।

Published Date: 18 May 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर