काठमाडौँको उत्तरपूर्वमा रहेको ऐतिहासिक कागेश्वरी महादेव मन्दिर (फोटो फिचर)

काठमाडौँको उत्तरपूर्वमा रहेको ऐतिहासिक कागेश्वरी महादेव मन्दिर (फोटो फिचर) : Icon Khabar

काठमाडौं, जेठ ४ । कागेश्वरी नेपालको राजधानी काठमाडौँको उत्तरपुर्वी कागेश्वरी मनहरा नगरपालिका वडा नं. १, पहिले (गागलफेदीगाविस)मा अवस्थित एक धार्मिक तथा पर्यटकीय स्थल हो ।

यस स्थललाई कागेश्वरी महादेव मन्दिरको नामले पनि चिनिन्छ । वर्षमा एक पटक भाद्र शुक्ल अष्टमिका दिन मेला लाग्ने यस तीर्थस्थलमा हजारौँ दर्शनार्थीहरु मेला हेर्न आउछन । प्राकृतिक मनमोहक दृश्यसंगै शास्त्रीय नृत्यमा ढ्याङ्ग्रो बजाई नाचगान गर्ने दृश्य झनै मनमोहक र सूचनाप्रद हुन्छ । ढ्याङ्ग्रो बजाई महादेवको पुजा गर्नेमा लामा, तामाङ जातिको विशेष सहभागिता रहन्छ । साथै स्थानिय नेवार जातिले पनि विभिन्न नाचको आयोजना गर्दछन ।

 

यस्तो सांस्कृतिक तथा धार्मिक महत्त्वको जात्रा अवलोकन गर्नका लागि साँखु, थली, जोरपाटी, सुन्दरीजल, नयाँपाटी, गागल, तथा भक्तपुर, ललितपुरबाट पनि दर्शनार्थीहरूको उल्लेखनीय उपस्थिति हुन्छ । यमराजको दुत कागले मान्छेलाई छुॅदा अशुभ हुने र त्यसबाट मुक्त हुन कागेश्वरी मन्दिरको पोखरीमा नुहाउनु पर्ने धार्मिक मान्यता रहेको छ । जात्राको समयमा सञ्चालन हुने विभिन्न शिविरले पनि व्यवस्थापनमा सहज वातावरण सिर्जना गर्छ ।

यस स्थलमा रहेको मन्दिरमा पुजा गर्दा तथा पोखरीमा नुहाउँदा पाप पखालिने र मुक्ति प्राप्त हुने जनविश्वास रहिआएको छ । जात्राको महत्त्वसंगै आर्थिक पक्ष पनि जोडिएको छ । समान खरिद बिक्रिका लागि पनि सहयोग पुग्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 May 2025
Website | + posts
ताजा
आइतबार नेप्से परिसूचक ५.१५ अंकले घट्यो
इन्टरनेशनल ग्रीन डेभलपर्स नेपालद्वारा ‘Ecopanel’ नाम प्रयोगमा कडा चेतावनी
असोज महिनामा नेपालमा भित्रियो २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स
विदेशमा रहेका नेपाली नागरिकका लागि मतदान केन्द्र तोक्न अध्यादेशको तयारी


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )