शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढ्यो

शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, जेठ २ । साताको अन्तिम कारोबार दिन आज सुनको मूल्य वृद्धि भएको छ । यो दिन सुनको मूल्यमा ३ हजार रुपैयाँको बढोत्तरी आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा करोबार भईरहेको छ ।

अघिल्लो दिन सुनको कारोबार प्रतितोला १ लाख ८१ हजार ८ सयमा भएको थियो ।

आज चाँदीको भाउ पनि २० रुपैयाँले वृद्धि भएको छ । चाँदीको मूल्य आज प्रतितोला १ हजार ९४५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 May 2025
Website | + posts