बार्सिलोनाले जित्यो ला लिगा उपाधि

बार्सिलोनाले जित्यो ला लिगा उपाधि : Icon Khabar

काठमाडौँ, जेठ २ ।  बार्सिलोनाले विहीबार रातको खेलमा छिमेकी प्रतिद्वन्द्वी एस्पान्योललाई पराजित गर्दै स्पेनिस ला लिगाको उपाधि पक्का गरेको छ ।

प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा उपाधि जित्ने क्रममा बार्सिलोनाले एस्पान्योललाई २-० ले पराजित गर्यो । समग्रमा क्याटलान क्लबको यो २८ औं लिग उपाधि हो । बार्साको जितमा लामिन यमाल र फर्मिन लोपेजले १-१ गोल गरे ।

खेलको ५३ औं मिनेटमा यमालले ड्यानी ओल्मोको पासलाई नियन्त्रणमा लिँदै सुन्दर गोल गरे । त्यसपछि ८० औं मिनेटमा यमालमाथि फल गरेका डिफेन्डर लुइस कार्बेराले रातो कार्ड पाए । इन्ज्युरी समयमा यमालकै पासमा फर्मिनले गोल गर्दै जित सुनिश्चित गरे ।

जितसँगै बार्सिलोनाले लिगको २ खेल बाँकी रहँदा दोस्रो स्थानको रियल म्याड्रिडसँग ७ अंकको अग्रता कायम गरेको छ । यस सिजन कोपा डेल रे र स्पेनिस सुपर कपको उपाधि जितेको बार्साले स्पेनिस फुटबलमा खेलेको सबै ट्रफी कब्जा गर्यो । रियलविरुद्ध सिजनको सबै क्लासिको जितेको बार्सिलोनाले दुवै कप फाइनलमा रियललाई नै हराएको थियो ।

बार्सिलोनाले आइतबार हुने भिल्लारियलविरुद्ध खेलपछि लिगको ट्रफी प्राप्त गर्नेछ ।–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 May 2025
Website | + posts