बार्सिलोनाले जित्यो ला लिगा उपाधि

बार्सिलोनाले जित्यो ला लिगा उपाधि : Icon Khabar

काठमाडौँ, जेठ २ ।  बार्सिलोनाले विहीबार रातको खेलमा छिमेकी प्रतिद्वन्द्वी एस्पान्योललाई पराजित गर्दै स्पेनिस ला लिगाको उपाधि पक्का गरेको छ ।

प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा उपाधि जित्ने क्रममा बार्सिलोनाले एस्पान्योललाई २-० ले पराजित गर्यो । समग्रमा क्याटलान क्लबको यो २८ औं लिग उपाधि हो । बार्साको जितमा लामिन यमाल र फर्मिन लोपेजले १-१ गोल गरे ।

खेलको ५३ औं मिनेटमा यमालले ड्यानी ओल्मोको पासलाई नियन्त्रणमा लिँदै सुन्दर गोल गरे । त्यसपछि ८० औं मिनेटमा यमालमाथि फल गरेका डिफेन्डर लुइस कार्बेराले रातो कार्ड पाए । इन्ज्युरी समयमा यमालकै पासमा फर्मिनले गोल गर्दै जित सुनिश्चित गरे ।

जितसँगै बार्सिलोनाले लिगको २ खेल बाँकी रहँदा दोस्रो स्थानको रियल म्याड्रिडसँग ७ अंकको अग्रता कायम गरेको छ । यस सिजन कोपा डेल रे र स्पेनिस सुपर कपको उपाधि जितेको बार्साले स्पेनिस फुटबलमा खेलेको सबै ट्रफी कब्जा गर्यो । रियलविरुद्ध सिजनको सबै क्लासिको जितेको बार्सिलोनाले दुवै कप फाइनलमा रियललाई नै हराएको थियो ।

बार्सिलोनाले आइतबार हुने भिल्लारियलविरुद्ध खेलपछि लिगको ट्रफी प्राप्त गर्नेछ ।–एजेन्सी

Published Date: 16 May 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर