बागमती प्रदेशले लागू गर्यो सवारी लाइसेन्स परिक्षामा ग्रेडिङ सिस्टम’

बागमती प्रदेशले लागू गर्यो सवारी लाइसेन्स परिक्षामा ग्रेडिङ सिस्टम’ : Icon Khabar

मकवानपुर, फागुन २ । वाग्मती प्रदेशमा मंगलबारदेखि सवारी चालक अनुमतिपत्र लिन ७० अङ्क मात्रै परीक्षामा उत्तीर्ण हुने प्रणाली लागू भएको छ ।

वाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोखरेलका अनुसार आवश्यक तयारी गरी सवारी चालक अनुमतिपत्रको परिक्षाको ७० बुँदे प्रणाली लागू गरिएको हो ।

यसअघि वाग्मती प्रदेशले छिट्टै कार्यान्वयन गर्ने आश्वासन दिए पनि यो प्रणाली लागू गर्न सकेको छैन । सोमबार (फागुन १३ गते)बाट कार्यान्वयन गर्ने निर्णय भए पनि सोमबार सार्वजनिक बिदा भएकाले आजबाट मात्रै यो प्रणाली लागू भएको पोखरेलले बताए ।

त्यसैगरी, यस्तो प्रणाली लागू गर्न नसक्दा लाइसेन्स वितरणमा ढिलाइ हुनुका साथै अवैध रूपमा लाइसेन्स लिने चालकको सङ्ख्या पनि बढेको छ ।

पोखरेलले यस्तो समस्या नआउने बताए । “पहिले ३० प्रतिशतले मात्र परीक्षा उत्तीर्ण गरेका थिए। तर अब ७० प्रतिशत चालक परीक्षामा उत्तीर्ण हुनेछन्,’ उनले भने । ७० बुँदे प्रणालीले सवारी चालक अनुमतिपत्र लिनका लागि हुने झन्झट कम गर्ने वाग्मती प्रदेशको अपेक्षा छ ।

Published Date: 14 February 2023
ताजा
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर
देशभर मनसुनी वायुको प्रभाव: पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय