बागमती प्रदेशले लागू गर्यो सवारी लाइसेन्स परिक्षामा ग्रेडिङ सिस्टम’

बागमती प्रदेशले लागू गर्यो सवारी लाइसेन्स परिक्षामा ग्रेडिङ सिस्टम’ : Icon Khabar

मकवानपुर, फागुन २ । वाग्मती प्रदेशमा मंगलबारदेखि सवारी चालक अनुमतिपत्र लिन ७० अङ्क मात्रै परीक्षामा उत्तीर्ण हुने प्रणाली लागू भएको छ ।

वाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोखरेलका अनुसार आवश्यक तयारी गरी सवारी चालक अनुमतिपत्रको परिक्षाको ७० बुँदे प्रणाली लागू गरिएको हो ।

यसअघि वाग्मती प्रदेशले छिट्टै कार्यान्वयन गर्ने आश्वासन दिए पनि यो प्रणाली लागू गर्न सकेको छैन । सोमबार (फागुन १३ गते)बाट कार्यान्वयन गर्ने निर्णय भए पनि सोमबार सार्वजनिक बिदा भएकाले आजबाट मात्रै यो प्रणाली लागू भएको पोखरेलले बताए ।

त्यसैगरी, यस्तो प्रणाली लागू गर्न नसक्दा लाइसेन्स वितरणमा ढिलाइ हुनुका साथै अवैध रूपमा लाइसेन्स लिने चालकको सङ्ख्या पनि बढेको छ ।

पोखरेलले यस्तो समस्या नआउने बताए । “पहिले ३० प्रतिशतले मात्र परीक्षा उत्तीर्ण गरेका थिए। तर अब ७० प्रतिशत चालक परीक्षामा उत्तीर्ण हुनेछन्,’ उनले भने । ७० बुँदे प्रणालीले सवारी चालक अनुमतिपत्र लिनका लागि हुने झन्झट कम गर्ने वाग्मती प्रदेशको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 February 2023
Website | + posts










ताजा
ओलीले रविबाट थालेको प्रतिशोधको श्रृंखला आरजु राणामा गएर टुंगिन्छ : बर्षमान
नेपालमा सामाजिक सञ्जाल टेलिग्राम एप बन्द
सौर्य एयरलाइन्सको जहाज दुर्घटना: कम्पनी, पाइलट र उड्डयन प्राधिकरण तीनै पक्षको गम्भीर लापरबाही
वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या हालसम्मकै उच्च रेकर्ड










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला